• आइतबार, २३ भदौ, २०८१
  • ०५:३७:४६

स्पेन र इङ्ल्यान्डबीच युरो कपका लागि भिडन्त : कसले मार्ला बाजी

काठमाडौं।  युरोपियन च्याम्पियनसिपको फाइनल खेल स्पेन र इङ्ल्यान्डबीच हुने उपाधि भिडन्त नेपाली समय अनुसार  आज राती १२:४५ बजे हुने तालिका छ । फाइनल खेल बर्लिनको ओलम्पिया रंगशालामा हुनेछ ।

स्पेन कीर्तिमानी चौथो पटक युरो कपको उपाधि जित्ने लक्ष्य राखेर मैदानमा ओर्लदै छ । इङ्ल्यान्डले भने अहिलेसम्म युरोकपको उपाधि जितेको छैन ।

फुटबलमा स्पेन र इङ्ल्यान्डबीचको हेड टु हेडको कीर्तिमान हेर्ने हो भने दुई टोलीले अहिलेसम्म जम्मा २७ खेलमा आमनेसामने भएका छन् । जसमा इंग्ल्याण्ड १४ जितसहित बलियो स्थितिमा छ भने स्पेनले १० खेल मात्र जितेको छ । दुई टोलीबीचको तीन खेल बराबरीमा सकिएको छ ।

यसैवीच स्पेन र इंग्ल्यान्डबीचको युरो कपको फाइनल खेल फ्रान्सेली रेफ्री फ्रान्कोइस लेटेक्सियरले खेलाउने भएका छन् । उनी युरो कपका सबैभन्दा कान्छा रेफ्री हुन् ।

३५ वर्षे उनीलाई युइएफएले फाइनलको जिम्मेवारी दिएको हो । फ्रान्कोइसले तीन खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका छन् ।