• आइतबार, २३ भदौ, २०८१
  • ०५:३०:४८

कोपा अमेरिका उपाधि अर्जेन्टिनालाई

काठमाडौं । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा-अमेरिका’ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १-० गोलले हराउदै अर्जन्टिनाले उपाधि जितेको हो ।

अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२औं मिनेटमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्दै अर्जेन्टिनालाई उपाधी दिलाएका हुन् ।

खेल हेर्न टिकट नपाएका दर्शकको होहल्लाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो ।  ६८औं मिनेटमा लिओनल मेसी चोटका कारण मैदानबाट बाहिरिएका थिए । १९९४ पछि कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो ।

फाइनलमा गोल गर्ने मार्टिनेजले प्रतियोगिता अवधिभर पाँच गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् ।