• मंगलबार, १ असोज, २०८१
  • १२:४०:३७

‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

 

काठमाडौँ । सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । 

यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।  

म्यानुअल्ली चेकजाँच हुँदै आएको छ । नक्कली पनि ठ्याक्कै उस्तै भयो भने खुला आँखाले छुट्याउन सकिन्न । शङ्का लाग्यो भने क्रस चेकजाँच गर्ने छुट्टै कुरा हो ।”  उक्त समस्या सम्बोधनका लागि अब क्युआर कोड राखेर स्मार्ट लाइसेन्स छाप्ने निर्णय भएको छ । 

 

स्मार्ट लाइसेन्समा चिप्स राखिएको हुन्छ । उक्त चिप्समा लाइसेन्सवाहकको विवरण हुन्छ तर हालसम्म उक्त चिप्स पढ्ने (रिड गर्ने) मेसिन उपलब्ध नहुँदा २०७२ सालदेखि वितरण भएका स्मार्ट लाइसेन्सको सक्कली नक्कलीको विशेष चेकजाँच छैन । विभागका महानिर्देशक उद्धव रिजालले भन्नुभयो, “सुरुमा कसरी यसको योजना गरियो थाहै भएन, अब अहिले विश्वासको भरमा चलेको छ चिप्स रिड गर्ने मेसिन नै छैन । वैज्ञानिक तरिकाले चेकजाँच हुन सकेको छैन । चिप्स पढ्न छुट्टै डिभाइस चाहिन्छ ।”

चेकजाँचमा खटिएका प्रहरीले नक्कली वा सक्कली शङ्का लागेमा थप अनुसन्धान त गर्न सक्छ तर सडकमै पहिचान गर्न भने सक्दैन । लाइसेन्समा लेखिएको विवरण मात्र चेकजाँच गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्मार्ट लाइसेन्सको चिप्स पढ्न सक्ने मेसिन हामीसँग छैन । 

म्यानुअल्ली चेकजाँच हुँदै आएको छ । नक्कली पनि ठ्याक्कै उस्तै भयो भने खुला आँखाले छुट्याउन सकिन्न । शङ्का लाग्यो भने क्रस चेकजाँच गर्ने छुट्टै कुरा हो ।”  उक्त समस्या सम्बोधनका लागि अब क्युआर कोड राखेर स्मार्ट लाइसेन्स छाप्ने निर्णय भएको छ ।   

गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशका मन्त्रीहरूसँगको बैठकमा केन्द्रीय तथ्याङ्क (सेन्ट्रल डाटाबेस) यातायात व्यवस्था विभागमा रहने गरी देशभर एउटै मापदण्ड र स्पेसिफिकेसन अनुसार प्रदेशले क्युआर कोडसहित लाइसेन्स छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो तर सबै प्रदेश त्यसका लागि तयार नै छैनन् । 

 विभागले जर्मनबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रेसबाट छपाइ मेसिन ल्याएको थियो । मेसिनले कार्ड रिड (चिन्न) नसक्ने समस्या पटक पटक दोहोरिएको छ । समस्या समाधानका बारेमा विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “मेसिन आफैँमा थोत्रो छ । अहिले सफ्टवेयरमा समस्या आएको हो, यो प्राविधिक समस्या हो तर लाइसेन्स छाप्नेदेखिका सबै काम प्रदेश सरकारको हो ।

 

लाइसेन्स छपाइ ठप्प  

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने मेसिन बिग्रिएपछि २३ दिनदेखि छपाइ कार्य बन्द छ । मेसिनले कार्ड चिन्ने ‘पर्सनलाइजेसन’ प्रणाली र सफ्टवेयरमा समस्या भएपछि नियमिततर्फको छपाइ बन्द भएको हो । 

जेठमा नयाँ कार्ड ल्याएपछि ‘पर्सनलाइजेसन’ मा समस्या देखिएको थियो । नयाँ कार्ड आएपछि छपाइ बन्द भएको यो दोस्रो पटक हो । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले भन्नुभयो, “सुरुमा तीन लाखप्रति छपाइ भएपछि अहिले पर्सनलाइजेसनमा प्राविधिक समस्याका कारण छपाइ बन्द छ ।” 

विभागले जर्मनबाट कार्ड र भारतको मद्रास सेक्युरिटी प्रेसबाट छपाइ मेसिन ल्याएको थियो । मेसिनले कार्ड रिड (चिन्न) नसक्ने समस्या पटक पटक दोहोरिएको छ । समस्या समाधानका बारेमा विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भन्नुभयो, “मेसिन आफैँमा थोत्रो छ । अहिले सफ्टवेयरमा समस्या आएको हो, यो प्राविधिक समस्या हो तर लाइसेन्स छाप्नेदेखिका सबै काम प्रदेश सरकारको हो । प्रदेश सरकारबाटै काम अघि बढाउने निर्णय भई तयारी पनि भएका छन् ।” 

विभागले नियमित छपाइ बन्द भए पनि अत्यावश्यक लाइसेन्स छपिरहेको छ । नयाँ कार्ड मेसिनले चिन्न नसकेपछि पुराना मौजुदा कार्डबाट अत्यावश्यक छपाइ भएको हो । गोरखापत्रबाट।