• मंगलबार, १ असोज, २०८१
  • ०१:१७:४४

मौसम : केही स्थानमा हल्का, कतै भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।  

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी, मधेस, गण्डकी प्रदेशका १-२ स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार बिहिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी, बिहिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।