तीज पर्वमा मौलाएको उपभोक्तावाद
- पवित्रा सुनार
- सोमबार, २४ भदौ, २०८१- ०७:५५:००/ Monday 09-09-24
काठमाडौं । ‘सहरमा एक महिनादेखि तिज लागेको छ’, ‘महिलाहरु एक महिनाभरी तिजमा व्यस्त छन’ । तिजमा कस्तो बिकृति भित्रियो’ । ‘पहिला त तीन दिन मात्र तिज मनाइन्थ्यो । अहिले एक महिनासम्म पनि तिज ’यी चर्चाहरु पछिल्लो वर्षहरुमा जताततै सुनिन्छ ।
महिला अधिकारको पक्षमा सचेत वर्गले ‘तिज पर्व मनाएर महिलाहरुले महिला माथि विभेद गर्ने पर्वको संरक्षण गरिरहेछन’ । यी आजभोलि तिजको बिषयमा जहाँ पनि सुनिने टिकाटिप्पणी हुन ।
अहिले सहरदेखि गाउँसम्म तिज महिनौ मनाउने गरेको देखिन्छ । यो एउटै तर महिनौ दिन मनाएको नभइ हरेक संघसंस्थाले महिलाहरुलाई सम्मान प्रकट गरेको जस्तो, एकताभाव झल्काए जस्तो देखिन्छ । तर यी परिवर्तनह?मा हुनु पर्ने परिवर्तन भन्दा केही नहुनु पर्ने परिवर्तन भएको देखिन्छ ।
यी टिप्पणीको पछि केही गम्भिर सवालहरु अवश्य छन । पहिलाको समाजमा हरेक पर्व आँखा चिम्लेर मनाउने चलन थियो । सूचनाको पहुँच, सामाजिक जागरण र महिला सशक्तिकरणसंगै पछिल्लो वर्षहरुमा तिज पर्वको बिषयमा वहस हुन थालेको छ । तिजमा आएको परिवर्तन र शैलीको बिषयमा बहस गर्नेहरु कम छन भने हुवहु मनाउने जमात अहिले पनि धेरै छ ।
तिज के हो ? यसको पौराणिक र सामाजिक पक्ष के हो ? यसले निम्ताएको आर्थिक पक्ष कता तिर जाँदैछ ? यी मध्ये केही चर्चाहरु अहिलेको चुरो बिषय हुन । जसले महिला अधिकार, सामाजिक-सांस्कृतिक संरक्षण र वैज्ञानिक पक्षलाई संबोधन गर्न सक्छन ।
हिन्दु शास्त्र अनुसार बिष्णु भगवानसंग विवाह गरिदिने कुरा मन नपरेपछि पार्वतीले राम्रो पति पाउँ भनी जंङ्गलमा गएर सयौ दिन तपस्या गरिन । यति गर्दा पनि राम्रो पति नपाएपछि उनी भाद्र शुक्ल तृतियाको दिन निराहार व्रत बसिन । व्रत बसेपछि शिवजी प्रकट भएर उनको शिवजीसंग विवाह भयो । त्यही दिनलाई बर्षौैदेखि हरितालिका तिजलाई पर्वको रुपमा मनाउन थालियो भन्ने मान्यता छ । यो मान्यताले अहिलेको विकसित समाजमा पनि उत्तिकै स्थान पाइरहेको देखिन्छ ।
कुनै पनि चाडपर्व मानव सभ्यताको बिभिन्न कालखण्डमा बिकसित मान्यताहरु हुन । अर्थात पर्वहरु मानव निर्मित सभ्यता हुन । सभ्यता पनि परिवर्तनशिल हुन्छ । हरेक सभ्यता र संंस्कृतिमा रुपान्तरण हुँदै आएको देखिन्छ । तिज पर्वमा पनि रुपान्तरण देखिन्छ । जस्तो कि पहिला बर्षौं माइत आउन नपाएकी चेलीको लागि तिज पर्व राहत बन्थ्यो ।
अहिले सहरदेखि गाउँसम्म तिज महिनौ मनाउने गरेको देखिन्छ । यो एउटै तर महिनौ दिन मनाएको नभइ हरेक संघसंस्थाले महिलाहरुलाई सम्मान प्रकट गरेको जस्तो, एकताभाव झल्काए जस्तो देखिन्छ । तर यी परिवर्तनह?मा हुनु पर्ने परिवर्तन भन्दा केही नहुनु पर्ने परिवर्तन भएको देखिन्छ ।
अहिलेको विकसित स्वरुपको तिजमा एउटै महिला धेरै ठाउँमा सहभागी हुनु पर्दा समय उत्पादन कार्यमा प्रयोग हुुनुको सट्टा खेर गएको देखिन्छ ।
यो अर्थमा तिज पर्वको अवधि छोट्टाउनु पर्ने देखिन्छ । यसरी महिनौ दिन तिज मनाउँदा परिवारमा आर्थिक भार पनि थपिंदै गएको छ । हिंजो कपन जाँदा म चढेको इनड्राइभको चालकले तिजमा हिंडेका महिलाहरु बाटोमा देखेपछि भने, ‘तिज पनि महिना दिन, रमाउन त ठिकै हो, कमाउन कस्तो गार्हो छ ’ । ती चालकले तिज पर्वको नाममा बढ्दैै गएको खर्चलाई इंगित गर्दै त्यसोे भनेका हुन ।
शहर होस या गाउँ सीमित सम्पन्न बर्गका महिला बाहेक धेरै जसो महिलाहरु दोहोरो जिम्मेवारीको मारमा परेका छन । कार्यालयदेखि घर दुवै ठाउँको कामको बोझले थकित देखिन्छन । तिजको नाममा हुने जमघट र पे्रम भावले उनीह?मा उत्सवमय समयको अवसर प्रदान गरेको देखिन्छ । सामाजिक सञ्जालको प्रभाव स्वरुप अहिले तिज विश्वभरी मनाउन थालिएको छ । जहाँ नेपालीहरु पुगेका छन् । यो चलनले नेपाली सभ्यता विश्वभरी पहिचान भएको देखिन्छ ।
तिजकै दिन ब्रत बसेर असल पति पाइन्छ र पति प्रति भक्तिभाव प्रकट हुन्छ भन्ने कुरा यथार्थपरक छैन । मैले कुनै पनि पर्व देखेको छैन जुन नारी प्राप्तिको लागि पुरुषले ब्रत बसेको होस । ब्रत बस्दैमा असल पति पाउने कुरा निराधार कुरा हनु । नेपाली समाजमा ब्रत बस्ने महिलाहरु नै घरेलु हिंसा, महिला हिंसाले प्रताडित बनेको थुपेै्र घटना छन् । जो महिलाहरु सदियौदेखिको परम्परालाई संरक्षण गर्दै पतिको पूजा गर्ने, खुट्टा ढोग्ने गरेका हुन्छन ।
दोस्रो पक्ष भनेको यी पर्वहरु मनाउँदा महिलाहरुले सामाजिक सञ्जालको प्रभाव, समााजिक सञ्जालमा उत्पादक कम्पनीहरुले गर्ने आकर्षक विज्ञापनको कारण तिज या कुनै पनि पर्वमा महिलाहरु उपभोक्तावादी बन्दै गएको देखिन्छ । उपभाक्तावादले आवश्यकता भन्दा बढी उपभोग गर्न उत्प्रेरित गर्छ ।
आवश्यकता भन्दा बढी लुगा किन्ने र लगाउने, कतिपय ठाउँमा जमघटमा भेला हुने सवै दिदी बहिनीहरुले एकै खालका सारी चोलो लगाउने चलन पनि विकसित भएको देखिन्छ ।
यसरी लगाइएका लुगाहरु अन्य समयमा पनि प्रयोग गर्न नमिल्ने खालका र नमिल्ने रङका भएकाले वर्षभरी यसको खासै उपयोग हुँदैन । अर्कातिर तिर अहिले पर्व र जमघटमा लगाइएका लुगाहरु अर्को पटकको तिजमा नलगाउने, सकेसम्म नयाँ नै किन्ने चलनले अघोषित रुपमा परिवारमा आर्थिक भार थपिएर पैसाको दुरुपयोग भएको देखिन्छ ।
हरेक क्रियाकलापको तस्विर सामाजिक सञ्जालमा राख्ने चलनले घरभित्रको दुःखसुःख सवै सञ्जालमा देखिने जोखिम बढेको छ । यसले महिलाहरुलाई नजानिंदो रुपमा उपभोक्तावादी संस्कृतितिर धकेलिरहेछ । यतिसम्म देखेको छु महिलाहरु हरेक कार्यक्रममा जाँदा नयाँ लुगा किन्ने र किन्न नसकेमा हीनताबोध गर्ने ।
यो देखासिकीको प्रभाव दैनिक जीवन चलाउने हम्मे पर्ने परिवारका महिलाह?मा समेत पर्दै गएको छ । जसको कारण स्वस्थ खाने कुरा भन्दा बढी खर्च फेसन देखाउने होडवाजी र पहिरनमा हुँदै गएको छ । यसको असर अन्तिममा महिला या उनीहरुको परिवारमा परेको हुन्छ । जुन पैसा हामीले अर्को उपयोेगी काममा प्रयोग गर्न सक्थ्यौं । उपभोक्तावादी चरित्रले सिर्जना र उत्पादनमा भन्दा बढी कमाइको गलत बाटोमा पनि उत्पे्ररित गर्छ र व्यक्तिको सिर्जनशिलतालाई भुत्ते बनाउँदै लैजान्छ ।
तिज हुनु पर्ने परिवर्तन भनेको ब्रत बसेर मात्र पति पाउन सकिन्छ भन्ने पौराणिक मान्यतको अन्त्य हुनु पर्छ । तर यसमा पुर्ण रुपमा परिवर्तन आउन सकेको छैन । अहिले पनि विवाहित र अविवाहित दुवै महिलाहरु तिजको ब्रत बस्ने गर्छन । तिजमा लिइने ब्रतले सिधै असल पति पाइने या पतिप्रति भक्तिभाव प्रकट गर्ने ब्रतको रुपमा बुझिन्छ ।
तिजकै दिन ब्रत बसेर असल पति पाइन्छ र पति प्रति भक्तिभाव प्रकट हुन्छ भन्ने कुरा यथार्थपरक छैन । मैले कुनै पनि पर्व देखेको छैन जुन नारी प्राप्तिको लागि पुरुषले ब्रत बसेको होस । ब्रत बस्दैमा असल पति पाउने कुरा निराधार कुरा हनु । नेपाली समाजमा ब्रत बस्ने महिलाहरु नै घरेलु हिंसा, महिला हिंसाले प्रताडित बनेको थुपेै्र घटना छन् । जो महिलाहरु सदियौदेखिको परम्परालाई संरक्षण गर्दै पतिको पूजा गर्ने, खुट्टा ढोग्ने गरेका हुन्छन ।
हरेक सभ्यता परिवर्तनशिल छन । उसैगरी सांस्कृतिक पर्वहरु । तिजभित्र मौलाएको उभोक्तावादी व्यवहार, बिकृति र अहिले पनि बिद्यमान रुढीवादी धर्रालाई हटाएर तिज मनाउन सकेमा यो पर्व छोरी छोरी र माइती वीचको दूरी कम गर्ने,महिलाहरुलाई आराम गर्ने र उत्सव मनाउने अवसर प्रदान गर्छ भने देशको लागि सभ्यता फैलाउने अवसर प्रदान गर्छ ।
उनीहरु नै घरेलु हिंसाको मारमा परेका देखिन्छ । महिला होस या पुरुष दुवैको क्षमता र सौन्दर्यको आधार उनीहरुको शिक्षा, चेतना र आर्थिक उत्पादनले निर्धारण गर्छ । यी क्षमता सहितको पति प्राप्तिको लागि स्वयं महिलाको क्षमताले पनि महत्व राख्छ ।
पे्रम या विवाह समान गुण र समान क्षमताका मेलहरु हुन ताकि ब्रत बस्ने नारी र ब्रत बसेको नारी खोज्ने पुरुष वीचको सम्वन्ध । विवाहमा तिजमा ब्रत बसेका महिला छन या छैनन भन्ने कुराले खासै अर्थ राख्दैन । आजको वैज्ञानिक र आर्थिक विश्वमा महिला र पुरुष वीचको पे्रम र विवाहमा प्रभाव पार्ने पक्ष भनेको समान हैसियत, गुण ,असल आचरण नै हुन ।
पति पाउनको लागि महिलाले मात्र ब्रत बस्नु पर्छ, महिला मात्र पाइन्छ, पुरुष पाइँदैन भनेर गलत भाष्य तिज पर्वभित्रको पौेराणिक मान्यताले बोकेको हुनाले यी कुरालाई छोडेर तिज पर्व मनाउन सकिन्छ ।स्वस्थ भोजन, मिठो जमघट र नाचगान सहितको तिजले महिलाको जीवनलाई उत्सवमय बनाउँछ । तर योसंग जोडिएका गलत पक्षलाई महिलाले छोडेर समतामुलक पर्वमा रुपान्तरण गर्न सकिन्छ ।
तिजमा ब्रत बसेमा स्वास्थ्यको लागि फाइदा हुन्छ भनेर तर्क गर्ने महिलाहरु पनि छन । तिजको ब्रत नभनी कम खान पनि सक्छौ । असल पति पाउनकै लागि नभनी ब्रत बस्न सक्छौ । असल आचरण र क्षमतावान भएपछि असल पति उसै मिल्छन । किनकि पतिलाई पनि असल र क्षमतावान पत्नी आवश्यक परेको हुन्छ ।
हरेक सभ्यता परिवर्तनशिल छन । उसैगरी सांस्कृतिक पर्वहरु । तिजभित्र मौलाएको उभोक्तावादी व्यवहार, बिकृति र अहिले पनि बिद्यमान रुढीवादी धर्रालाई हटाएर तिज मनाउन सकेमा यो पर्व छोरी छोरी र माइती वीचको दूरी कम गर्ने,महिलाहरुलाई आराम गर्ने र उत्सव मनाउने अवसर प्रदान गर्छ भने देशको लागि सभ्यता फैलाउने अवसर प्रदान गर्छ । तिजलाई बैज्ञानिक, सभ्य र भब्य रुपमा मनाउने चलनतिर ध्यान दिउँ । न कि सामाजिक सञ्जालको प्रभावमा परी उपभोक्तावादी बन्ने ।