• आइतबार, २० असोज, २०८१
  • १२:४३:४१

नेपाली साहित्यमा बुद्ध बुझाइ

काठमाडौं । नेपाली साहित्य सिर्जनासम्बन्धी एउटा टेलिभिजन कार्यक्रममा बौद्ध धर्मदर्शनबारे छलफलका लागि मलाई स्टुडियोमा निम्त्याइएको थियो । अन्तर्वार्ताको अन्त्यतिर नेपाली साहित्यमा केही सर्जकले बौद्ध धर्मदर्शनको ‘फ्लेबर’ दिन खोज्ने तर कतिपय अवस्थामा चिप्लिने गरेको कुरा औँल्याएको थिएँ ।

यसो भन्नुको तात्पर्य नेपाली साहित्यमा बौद्ध ‘फ्लेबर’ दिएर अझ राम्रो पार्न सकिने तर यसका लागि सर्जकले बौद्ध अध्ययनमा केही ध्यान दिनुपर्ने मनसाय हो । बुद्ध र बुद्धसम्बन्धी प्रतीक वा भाव मिसिएका गीतहरूको सिर्जना पनि यथेष्ट मात्रामा भएको पाइन्छन् । सङ्गीतबद्ध भइसकेका तिनै सुमधुर गीतहरूमा बुद्ध जीवनसँग नमिल्दा प्रसङ्ग र सन्दर्भले नेपाली समाजमा प्रचलित दुई उखान ‘हुलुवामा बालुवा’ तथा ‘कवाफमा हड्डी’ सम्झाइदिने हुन्छ । 

 ती अजर, अमर र अविनाशी हुन्छन् । मनुष्य लोकमा आपत्विपत् पर्दा उद्धार गर्नका ती स्वयं अवतरण गर्ने वा दूतलाई पठाउने हुन्छ तर बौद्ध धर्ममा त्यस्तो केही कुरा हुँदैन । बौद्ध धर्म दर्शनको मुख्य उद्देश्य नै दुःखबाट मुक्त हुनु हो । दुःखको तात्पर्य जन्म र मृत्युको भवसागरमा घुमिरहनुु हो । तृष्णा क्षय गरेर जुन ज्ञानको लाभ हुन्छ त्यसले जन्म र मृत्युको कारणलाई नै भङ्ग गर्दछ र त्यस अवस्थाको सत्व (प्र्राणी) लाई अर्हत् भनिन्छ ।

 

नेपाली काव्य फाँटमा स्वयम्भू स्तूपको हर्मिकामा रहेको बुद्धका दुई आँखालाई प्रतीकका रूपमा ज्यादा जसो गीतमा प्रयुक्त गर्ने गरिएको पाइन्छ । हर्मिकामा आँखाको चित्रण गर्ने परम्परा नेपालमण्डल (काठमाडौँ उपत्यका) को बौद्ध धर्ममा मात्रै देख्न पाइन्छ । यो परम्परा प्राचीन कालमा अन्यत्र पनि भएको ज्ञात  छैन । हिमाली क्षेत्रमा कतै कतै देखिए पनि ती काठमाडौँको प्रभावमा निर्मित र नयाँ रहेका छन् ।

यसले के अर्थ दिन्छ र किन राखिएको भन्ने कुराको पनि ज्ञात छैन । तर साहित्य क्षेत्रका सर्जकहरूले भने बडो आरामका साथ यसलाई सर्जकपिच्छे अर्थ लगाइएको पाइन्छ । एउटा गीतमा ‘स्वयम्भूको दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छन्’ भनेर न्याय र अन्याय छुट्याउने अर्थमा प्रयुक्त गरिएको छ तर बौद्ध धर्मदर्शनको विषयवस्तु न्याय र अन्याय त हुँदै होइन ।

यसरी नै कसैकसैले दया र माया भनेर अथ्र्याएका छन् । बौद्ध सन्दर्भमा दया उपयुक्त शब्द होइन । कसैले मैत्री र करुणा, कसैले सुख र दुःख हेर्ने आँखा भनेर अथ्र्याएको पाइन्छ । तर ती तथ्यमा भन्दा भावनामा आधारित रहेका छन् । यी अर्थहरूको साहित्यिक महìव होला तर ऐतिहासिक तथा दार्शनिक रूपमा अर्थहीन नै छन् । 

नेपाली काव्य जगत्मा बुद्धका सन्दर्भमा बारम्बार र अधिकांश मात्रामा प्रयोग हुने वाक्य बुद्धलाई ‘फेरि आऊ’ भनेर गरिने आह्वान वा प्रवृत्ति हो । यो प्रवृत्ति भर्खर भर्खर काव्य क्षेत्रमा प्रवेश गरेकादेखि मूर्धन्य लेखकका रूपमा नाम लेखकसम्ममा पाइन्छन् तर यस आशयबाट सर्जकहरूमा बुद्धसम्बन्धी आधारभूत ज्ञान पनि नभएको स्पष्ट सङ्केत गर्दछ ।

बुद्ध बुझाइमा भ्रम हुनु हाम्रो समस्या हो । त्यस्तै अर्को समस्या हो, बुझ्नभन्दा बढी बुझाउन हतार गर्नु । बुद्धलाई ‘फेरि आऊ’ भनेर गरिने पुनर्जन्मको याचनाको निहितार्थ ‘तिमी बुद्ध भइसकेका छैनौँ र बुद्ध होइनौँ’ भनेर ठाडै दोषारोपण गर्नु हो । बौद्धहरूका लागि यस्ता शब्दले बिझाउने काम गर्दछ । बुद्धको तात्पर्य जन्म र मृत्युको चव्रmबाट मुक्त भइसकेको अर्थात् निर्वाणको अवस्था हो । अन्य धर्महरूमा एक सर्वोच्च चरित्रको उपस्थिति । उनलाई ईश्वर, परमेश्वर, परमात्मा, गड, अल्लाह तथा अन्य शब्दले पुुकारिन्छन् ।

ती अजर, अमर र अविनाशी हुन्छन् । मनुष्य लोकमा आपत्विपत् पर्दा उद्धार गर्नका ती स्वयं अवतरण गर्ने वा दूतलाई पठाउने हुन्छ तर बौद्ध धर्ममा त्यस्तो केही कुरा हुँदैन । बौद्ध धर्म दर्शनको मुख्य उद्देश्य नै दुःखबाट मुक्त हुनु हो । दुःखको तात्पर्य जन्म र मृत्युको भवसागरमा घुमिरहनुु हो । तृष्णा क्षय गरेर जुन ज्ञानको लाभ हुन्छ त्यसले जन्म र मृत्युको कारणलाई नै भङ्ग गर्दछ र त्यस अवस्थाको सत्व (प्र्राणी) लाई अर्हत् भनिन्छ ।

अर्हत्को हैसियत बनाइसक्ने अवस्थामा अरूको पनि मुक्तिका लागि सहायक हुने सङ्कल्प लिई अर्हत्को अवस्थालाई स्थगत गरी बोधिचर्या गर्नु पनि एउटा अर्को आदर्श छ । बोधिचर्या गर्नेलाई बोधिसत्व भनिन्छ । बोधिसत्वको तात्पर्य अरूको हितमा काम गर्ने महाकरुणाको भावना विकास गर्नु हो र बोधिसत्वहरू अन्ततः बुद्ध हुने हुन् । बरु बोधिसत्वहरू बारम्बार जन्म लिइरहेका हुन्छन् । 

बुद्धमत अनुसार संसारमा अजर अमर भन्ने केही हुँदैन । कुनै पनि कुरा स्थिर नभएर परिवर्तनशील हुन्छन् । यसलाई अनित्य वा क्षणिकवाद पनि भनिन्छ । प्राणीको अनेक जन्म र मृत्युहरू पनि यही क्षणिकवाद अनुसारका परिघटनाहरूको शृङ्खला हो । यो शृङ्खला नै दुःख हो र दुःखको अन्त्य गर्न सकिन्छ । बौद्ध दर्शनको सार दुःखको अन्त्य हो । जन्म र मृत्युको त्यही शृङ्खलालाई तोडिसकेका, अब उप्रान्त जन्मनु नपर्ने भन्नु नै बुद्ध हुनु हो ।

यसलाई निर्वाण वा मुक्त पनि भनिन्छ । बुद्ध भनेर सम्बोधन गर्ने अनि पुनः जन्म लिनको लागि आह्वान गर्नु वास्तवमा आफैँले आफैँलाई लोप्पा खुवाउनु हो । यस्तो लोप्पा खुवाउने खालको सिर्जना नेपाली साहित्यमा भरमार मात्रामा हुने गरेको पाइन्छ । यस अनुसार नेपाली साहित्यको सिर्जनामा बुद्धको चर्चामा  र्याङठ्याङ नै मिल्दैन र यस्ता साहित्यको पठन एक हिसाबले अक्षरर समयको बर्बादी मात्रै हो । 

बुद्धका उपदेशलाई बुद्ध शिक्षा पनि भन्न सक्छौँ । बौद्ध साधकले त्यही शिक्षाको अभ्यास जीवनमा गर्ने हुन् । बौद्ध अध्ययन भनेर त्यही शिक्षाको अध्ययन गर्ने हो । तर बौद्ध वाङ्मयमा शान्तिको तात्पर्य आजभोलि प्रयोगमा आए जस्तो कदापि छैन । बौद्ध धर्मदर्शनको उद्देश्य त्यस्तो खालको शान्ति होइन पनि । बुद्धलाई ‘शान्तिको दूत’ भन्न मन पराउनेहरूको शान्तिसम्बन्धी बुझाई बुद्ध वा बौद्धहरूका लागि शान्ति किमार्थ होइन । बुद्धको शिक्षा अनुसार जीवनलाई एउटा निर्दिष्ट लक्ष्यमा लाने क्रममा कतिपय साधना गर्नुपर्ने हुन्छ ।  

 

‘देशमा फेरि एउटा बुद्ध पठाइदेऊ’ बोलको एउटा गीत पनि छ । गीतकारको बुझाइमा बुद्धभन्दा माथि कोही अरू पनि छन् । हिन्दू, इसाई, इस्लामलगायत कतिपय धर्मसम्प्रदायले एउटा परमसत्ताको अस्तित्वलाई मान्छ र सबै कुरा उसैको हातमा हुन्छ भन्ने जीवन दर्शन ती धर्मसम्प्रदायको पाइन्छ । गीतकारका अनुसार बुद्धलाई पठाउने वा नपठाउने निर्धारण वा सञ्चालन उनै सत्ताले गर्ने हुन् र त्यही भएर ‘देशमा फेरि एउटा बुद्ध पठाइदेऊ’ भनेर अनुरोध गर्न पुग्छन् । तर सोही गीतका अन्य पङ्क्तिहरू हेर्दा गीतकारमा त्यस्तो जीवनदर्शनमा चिन्तनमनन गर्ने ध्याउन्नामा छैनन् । 

नेपाली साहित्यमा बुद्धलाई अत्यधिक मात्रामा प्रयोग गरिने शब्द ‘शान्तिको दूत’ हो । बुद्धलाई शान्तिको दूत भन्नु बुद्धका लागि खर्चने शब्दहरूमा सर्वाधिक दुरुपयोग पनि हो । बुद्धलाई शान्तिको दूत भन्नुको तात्पर्य ‘शान्तिको सन्देश लिएर आउने सन्देशवाहक’ भन्नु हो । शान्तिको सन्देश पनि कसैले व्यक्त गरेको हुनुप-यो । त्यो सन्देश व्यक्त गर्ने को हुन् ? स्पष्ट छैन । कुनै परमसत्तासँग शान्तिको सन्देश भएको र त्यो सन्देशको वाहक बुद्धलाई भन्न खोजिएको हो भने यहाँ आपत्ति जनाउनुपर्ने स्थिति आउँछ । बौद्ध दर्शन अनुसार यहाँ परमसत्ता भन्ने कुनै कुरा नै छैन । बुद्ध त्यो हो जसले एउटा सत्य देखेको छ र त्यही सत्य अरूलाई देखाउन खोज्छ । 

बुद्धलाई शान्तिको दूत भनेपछि शान्ति भनेकै के हो भन्ने प्रश्न उठाउनु नितान्त जरुरी हुन्छ । शान्ति शब्दको बुझाइ व्यक्ति अनुसार फरक हुने गरेको पाइन्छ । बलियाले निर्धालाई दमन गरेको आवस्थामा पनि एक खालको शान्तिपूर्ण वातावरण सिर्जना हुन्छ । ती निर्धाले आफ्नो हकहितको रक्षा वा स्वाभिमानका खातिर प्रतिकार गर्दा शान्तिमा खलल पुगेको भाष्य निर्माण बलियाबाट हुने गर्दछ । यस्तो भाष्य अत्याचारी शासकहरूबाट मुक्तिकामी जनताविरुद्ध बराबर प्रयोग हुने गरेको पाइन्छ ।

दुई वा दुईभन्दा बढी व्यक्ति, समाज वा राज्यबिचको द्वन्द्वका बेलामा शान्ति स्थापनार्थ भनी अनेक उपाय अपनाउने गरेको पाइन्छ । शान्तिकै लागि भनेर प्रथम विश्वयुद्धमा जर्मनविरुद्ध शक्तिशाली राष्ट्रहरूले अनेक सन्धि सम्झौता गराएको थियो तर तिनै शान्ति सम्झौता दोस्रो विश्वयुद्धको कारक बन्यो । त्यो शान्ति सम्झौताले दोस्रो विश्वयुद्धको माग ग¥यो । बौद्ध धर्म–दर्शनको प्राज्ञिक अध्ययनका लागि स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘पिस स्टडिज’ भनेर पढाइने यस्तै कुरा वास्तवमा बौद्ध विषयवस्तु नै होइनन् ।

बुद्धका उपदेशलाई बुद्ध शिक्षा पनि भन्न सक्छौँ । बौद्ध साधकले त्यही शिक्षाको अभ्यास जीवनमा गर्ने हुन् । बौद्ध अध्ययन भनेर त्यही शिक्षाको अध्ययन गर्ने हो । तर बौद्ध वाङ्मयमा शान्तिको तात्पर्य आजभोलि प्रयोगमा आए जस्तो कदापि छैन । बौद्ध धर्मदर्शनको उद्देश्य त्यस्तो खालको शान्ति होइन पनि । बुद्धलाई ‘शान्तिको दूत’ भन्न मन पराउनेहरूको शान्तिसम्बन्धी बुझाई बुद्ध वा बौद्धहरूका लागि शान्ति किमार्थ होइन । बुद्धको शिक्षा अनुसार जीवनलाई एउटा निर्दिष्ट लक्ष्यमा लाने क्रममा कतिपय साधना गर्नुपर्ने हुन्छ ।  

साहित्य लेखन गम्भीर कर्म हो । संवेदनशील पनि छ । अत्यन्तै भावुक बन्नु, कपोलकल्पनामा रम्नु र त्यसलाई शब्दमा उतार्नु साहित्य सिर्जना होइन । यसले सही सूचना, तथ्य, तर्क र विचारको पनि माग गर्दछ । यस अवस्थामा बुद्ध वा बौद्ध धर्म–दर्शनको ‘फ्लेबर’ दिने हो भने यसका बारेमा अध्ययन गर्नु नितान्त जरुरी हुन्छ । समग्रमा भन्नुपर्दा नेपाली साहित्यले बौद्ध सन्दर्भमा आत्मसमीक्षा गर्नुपर्ने स्थिति छ ।

 

हत्याहिंसा, लोभलालच, रागद्वेष, तृष्णा जस्ता कुरा साधनाका लागि बाधक हुन् । साधकले ती कुरा छाड्नु पर्दछ । यी कुरा छाड्दै जाने क्रममा मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना विकास हुन्छ । यो साधनाका क्रममा कसैलाई केही हानि हुँदैन । यसले आन्तरिक रूपमा नै परिवर्तन ल्याउने हुन्छ । व्यक्ति–व्यक्ति र समाज–समाजबिच मैत्रीपूर्ण सम्बन्ध बढ्ने र समस्याहरूको निराकरण हुने यसलाई बरु शान्ति भन्न सकिन्छ । बौद्ध साधनाका क्रममा यो स्वतः प्राप्त हुने कुरा हो र ‘बाई प्रडक्ट’ भन्न सकिन्छ तर यही कुरा बौद्ध धर्मदर्शनको लक्ष्य होइन । यस अवस्थामा बुद्धलाई ‘शान्तिको दूत’ भन्नु स्वतः गल्ती गर्नु हो ।

कतिपय नेपाली गीतहरूमा ‘बुद्धम् शरणम् गच्छामि’ वाक्यांश सजिलैसँग घुसाइएको हुन्छ । साथै ‘धर्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि वाक्यांश पनि घुसाइएको पाइन्छ । बौद्धहरू यी वाक्यांशलाई ‘त्रिरत्न शरण’ का रूपमा प्रख्यात छ र यसको तात्पर्य दुनियाँका सबै धर्म दर्शनहरूलाई छाडेर बुद्ध, धर्म र सङ्घको शरणमा परेँ भन्नु हो । अर्को शब्दमा भन्नु पर्दा अन्य धर्मदर्शनहरूमा भर पर्न सकिनँ तसर्थ बुद्ध, धर्म र सङ्घको शरणमा आएँ भने बौद्ध धर्मावलम्बी हुने विधि अथवा प्रव्रिmया हो । वास्तविक जीवनमा यो शरणागमन गीत गाएर गरिँदैन । 

साहित्य लेखन गम्भीर कर्म हो । संवेदनशील पनि छ । अत्यन्तै भावुक बन्नु, कपोलकल्पनामा रम्नु र त्यसलाई शब्दमा उतार्नु साहित्य सिर्जना होइन । यसले सही सूचना, तथ्य, तर्क र विचारको पनि माग गर्दछ । यस अवस्थामा बुद्ध वा बौद्ध धर्म–दर्शनको ‘फ्लेबर’ दिने हो भने यसका बारेमा अध्ययन गर्नु नितान्त जरुरी हुन्छ । समग्रमा भन्नुपर्दा नेपाली साहित्यले बौद्ध सन्दर्भमा आत्मसमीक्षा गर्नुपर्ने स्थिति छ । मधुपर्कबाट ।