• मंगलबार, १ असोज, २०८१
  • ०२:३६:२०

राजधानीमा सडकको दुर्दशा, न सडकबत्ती न सिसी क्यामरा

काठमाडौं। प्रदेश राजधानी वीरेन्द्रनगरमा सडकबत्ती र पर्याप्त मात्रामा सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ । उज्यालो नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको हो । प्रहरीका अनुसार सडकबत्ती नहुँदा अनुसन्धान गर्न र खोजतलास गर्न समस्या हुने गरेको छ ।

केही समयअघि विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले अधिकांश सडकबत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजारभन्दा बढी सडकबत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडकबत्ती बन्द छन् । 

“उज्यालो नभएपछि रातको समयमा कुनै आपराधिक घटना भएपछि खोजतलास गर्न निकै गाह्रो छ, पहिचानको समस्या हुन्छ, सिसी क्यामराको ठाउँ ठाउँको कनेक्सनमा समेत समस्या भएको छ । अहिले वीरेन्द्रनगरमा ९२ वटा सिसी क्यामरा छन् । यो पर्याप्त होइन तर भएका पनि कतिपय नचल्ने अवस्थामा छन् ।” मर्मतका लागि नगरपालिकासँग खासै बजेट छैन । 

 

सडकबत्ती प्रयोग गरेबापत नगरपालिकाले प्राधिकरणलाई करिब पाँच करोड बराबर रकम तिनुपर्ने छ । अहिले केही मुख्य चोकमा हाइमास्क लाइट छ भने केही ठाउँमा सोलारबत्ती छ । नगरपालिकाको तथ्याङ्क अनुसार २४ वटा हाइमास्क र करिब दुई सयका हाराहारीमा सोलारबत्ती छन् । सोलारबत्ती विशेष गरी भित्री बजार तथा गल्लीमा राखिएको छ ।

बर्खाको समयमा पानी पर्ने हुँदा सोलारबत्ती चार्ज हुन पाउँदैनन् । जसका कारण अधिकांश बत्ती बल्दैनन् । सडकबत्ती नहुँदा प्रदेश राजधानी भए पनि वीरेन्द्रनगर रातको समयमा अन्धकारमय हुन्छ । साथै सुरक्षाका हिसाबले समेत चुनौती बढेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक वीरेन्द्रवीर विश्वकर्मा बताउनुहुन्छ । उहाँका अनुसार रातको समयमा बत्ती नहुँदा निकै समस्या भएको छ ।

उज्यालो नहुँदा गल्ली भएको ठाउँमा चोरी हुन सक्ने सम्भावना बढ्नुका साथै झैझगडा, लुटपाट भएको खण्डमा मान्छेको पहिचान गर्न गाह्रो हुने उहाँले बताउनुभयो । प्राधिकरणले बत्ती हटाउँदा सिसी क्यामरा राख्नुको खासै अर्थ नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उज्यालो नभएपछि रातको समयमा कुनै आपराधिक घटना भएपछि खोजतलास गर्न निकै गाह्रो छ, पहिचानको समस्या हुन्छ, सिसी क्यामराको ठाउँ ठाउँको कनेक्सनमा समेत समस्या भएको छ । अहिले वीरेन्द्रनगरमा ९२ वटा सिसी क्यामरा छन् । यो पर्याप्त होइन तर भएका पनि कतिपय नचल्ने अवस्थामा छन् ।” मर्मतका लागि नगरपालिकासँग खासै बजेट छैन ।

अर्कातर्फ बत्ती हटाइँदा अहिले क्यामराहरू बन्द भएको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै काम प्रविधिबाट नै गर्नु पर्छ, बत्ती नहुँदा सडक दुर्घटनाको समेत जोखिम बढ्छ । सडकबत्तीका लागि विभिन्न निकायसँग समन्वय गर्दा पनि काम अघि बढ्न सकेको छैन ।” 

 मर्मतका लागि पनि पहल भइरहेको छ । यदि लक्ष्य अनुसार काम अघि बढेको खण्डमा दसैँभन्दा पहिला नै सडकबत्ती जोड्ने तयारी नगरपालिकाको छ ।” बक्यौताको विषयमा भने निर्णय नहुँदा समस्या छ । यदि दसैँसम्म पनि सडकबत्ती नबलेको खण्डमा चाडपर्वको समयमा बजारमा सुरक्षा चुनौती थप बढ्ने सुर्खेत प्रहरीले जनाएको छ ।

 

वीरेन्द्रनगर नगरपालिकाको जिन्सी शाखाका प्रमुख खड्गबहादुर केसी सडकबत्ती जोड्नका लागि पहिलो चरणमा महसुल तिर्नुपर्ने बताउनुहुन्छ । महसुल नतिरे जोड्न नमिल्ने अवस्था छ । त्यो कार्यपालिकाले निर्णय गर्नुपर्ने भएकाले सडकबत्ती जोड्न समस्या भएको उहाँले बताउनुभयो । नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल भन्नुहुन्छ, “सडकबत्तीको महसुल अहिलेसम्म नगरपालिकाले कहिल्यै तिरेको छैन । केन्द्रबाट नै सरकारले राजस्व मिलान गथ्र्यो तर अहिले रकम नतिरेपछि लाइन काट्नुका साथै बत्तीसमेत उठाइदिएको छ ।” 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसीले सडकबत्ती जोड्नका लागि टेन्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताउनुभयो । विशेष गरी मुख्य सडक धुलियाबिटदेखि बाङ्गेसिमलसम्म सडकबत्ती जोडिने छ । त्यसका लागि करिब ६० लाख रुपियाँ बजेट छुट्याइएको छ । उहाँले भन्नुभयो, “अहिले पिपिरामा केही मात्रामा सडकबत्ती छन्, मुख्य सडक उज्यालो होस् भन्ने उद्देश्यसहित काम अघि बढिरहेको छ ।

मर्मतका लागि पनि पहल भइरहेको छ । यदि लक्ष्य अनुसार काम अघि बढेको खण्डमा दसैँभन्दा पहिला नै सडकबत्ती जोड्ने तयारी नगरपालिकाको छ ।” बक्यौताको विषयमा भने निर्णय नहुँदा समस्या छ । यदि दसैँसम्म पनि सडकबत्ती नबलेको खण्डमा चाडपर्वको समयमा बजारमा सुरक्षा चुनौती थप बढ्ने सुर्खेत प्रहरीले जनाएको छ ।गोरखापत्रबाट।