• बिहीबार, ११ पौष, २०८१
  • ०४:०३:०१

न्युजिल्यान्डमा घरेलु क्रिकेट खेल्ने दिनेश र अमेरिकी गौसको कीर्तिमानी ब्याटिङ साझेदारी

काठमाडौं । पोखरा एभेन्जर्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा शुक्रबार पहिलो जित हासिल गर्दा ओपनर आन्द्रेस गौस र दिनेश खरेलले अद्भुत ब्याटिङ प्रदर्शन गरे।


लुम्बिनी लायन्सले दिएको १७१ रनको लक्ष्य यी दुई ओपनरले मिलेर १६.५ ओभरमा पूरा गरे। गौसले शानदार शतक प्रहार गर्दै नटआउट १०४ रन बनाए, जबकि दिनेशले नटआउट ६१ रन थपे।

गौस एक अनुभवी अमेरिकी ब्याटर हुन्, जसले दक्षिण अफ्रिकाको यू-१९ टोलीका लागि पनि खेली खेलिसकेका छन्। । उनले  क्यारेबियन प्रिमियर लिग र दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा समेत खेलिसकेका छन्। । अहिले अमेरिकी राष्ट्रिय टोलीका ३१ वर्षीय गौसलाई २२ वर्षीय दिनेश खरेलले उत्कृष्ट साथ दिए ।

दिनेश खरेल नेपालका गुल्मी जिल्ला निवासी भएता पनि हाल न्यूज़िल्यान्डमा बसोबास गर्दै न्यूज़िल्यान्डको घरेलु क्रिकेटमा सक्रिय छन्। व्यवसायिक क्रिकेट खेल्न नभए पनि उनले  न्यूज़िल्यान्डका स्थानीय क्रिकेट प्रतियोगितामा सहभागिता जनाइरहेका थिए  , जसका कारण पोखराले उनलाई अक्सनमार्फत टोलीमा समावेश गरेको हो। खरेल बायाँ हाते ब्याटर र अर्थोडक्स बलर हुन्।

उनको अक्सनमा समावेशीकरणपछि धेरैको चासो उनलाई रहेको थियो। नेपालबाट कुनै क्लबमा क्रिकेट नखेलेका खरेल दुई वर्ष अगाडि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नेपाल आएका थिए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले  गैरआवासीय नेपाली संघको टोलीबाट खेलेका थिएर कीर्तिपुर मैदानमा तीन खेल खेलेका थिए। तर उनले  त्यतिबेला उल्लेखनीय प्रदर्शन गर्न सकेनन । सुदुरपश्चिमसँगको पहिलो खेलमा उहाँ शून्यमा आउट भए। त्यसपछि एपिएफसँग ३२ रन जोड्न सफल भए  र पुलिससँग चार रन मात्र जोड्न सफल भए। यद्यपि पुलिसविरूद्ध एक विकेट लिन सफल भएका थिए ।

न्युजिल्यान्ड फर्केर दिनेशले नेपाल प्रिमियर लिगको अक्सनमा नाम दर्ता गराएका थिए। पोखराले उनलाई सी क्याटागोरीबाट २ लाख रूपैयाँमा टोलीमा समावेश गर्यो।

पोखराले उनलाई ओपनिङको जिम्मा दिएको थियो, तर प्रारम्भिक खेलहरूमा दिनेशले राम्रो प्रदर्शन गर्न सकेनन्। चितवन राइनोजसँग १ रनमा आउट भएपछि, जनकपुर बोल्ट्ससँग १० रन मात्र बनाउन सके।

तर शुक्रबार पोखराविरुद्ध दिनेशले उत्कृष्ट प्रदर्शन गर्न सफल भए। उनले ४६ बलमा चार चौका र चार छक्का प्रहार गर्दै आफ्नो स्थान नेपाली क्रिकेटमा पक्का गरे।

दिनेश सन् २०१९ मा न्यूज़िल्यान्डको अकल्यान्ड क्रिकेटको यू-१७ टोलीमा चयन भएका थिए। त्यस समयमा उनले क्रिकेटसँगै फुटबल पनि खेलेका थिए र नेपाली समुदायको फुटबल क्लब खुकुरीबाट खेलेका थिए ।