• शनिबार, ५ माघ, २०८१
  • ०३:२७:२४

प्राचीन बौद्ध विश्वविद्यालय

काठमाडौं। बुद्धको जन्म लुम्बिनीमा, बुद्धगयामा बुद्धत्व प्राप्ति, सारनाथमा धर्मचक्र प्रवर्तन र कुशीनगरमा महापरिनिर्वाण भएको थियो । बुद्धको मृत्युपछि विभिन्न शिक्षालयको स्थापनाले बुद्ध शिक्षा विश्वव्यापी फैलिन पुग्यो ।


बुद्ध शिक्षा प्राप्तिका लागि नालन्दा विश्वविद्यालय, विक्रमशीला विश्वविद्यालय, ओडन्तपुरी विश्वविद्यालय, सोमापुरा विश्वविद्यालय, जगडाल विश्वविद्यालय, भल्लभी विश्वविद्यालय, तक्षशीला आदिको स्थापना भएको थियो तर यी प्राचीन बौद्ध शिक्षा अध्ययन केन्द्र हाल छैनन् । बौद्ध धर्मको आधारमा नेपाल, भारत, तिब्बत र चीनसँगको धार्मिक र सांस्कृतिक सम्बन्धबारे हामी जानकारी पाउँछौं । 

नालन्दामा चार वटा दर्शनीय मन्दिर रहेका थिए । नालन्दा विश्वविद्यालयलाई सन् ११९७ मा मुहम्मद बिन बख्तियार खिलजी नामका तुर्कले आक्रमण गरी ध्वस्त बनाएका थिए । ज्ञाननाथ मन्दिरमा लुकी भिक्षुहरूले ज्यान बचाए । पछि पनि पटक पटकको आक्रमणले नालन्दा विश्वविद्यालयका सम्पूर्ण भवन तथा ग्रन्थालयमा रहेका लाखौं ग्रन्थ नष्ट हुनुका साथै हजारौं विद्यार्थी र शिक्षकले ज्यान गुमाउनु परेको थिया । केही बचेका ग्रन्थ तिब्बत र नेपाल ल्याइए ।

 

नालन्दा विश्वविद्यालय

प्राचीन विश्वविद्यालयहरूमा नालन्दा विश्वविद्यालय पनि एक हो । यो बौद्ध शिक्षाको केन्द्रका रूपमा प्रतिष्ठित थियो तर हाल यसको अवशेष मात्र रहेको छ । इपू ४२५ तिर मगधका गुप्त सम्राट शक्रादित्यले एक विहार र सानो सङ्ग्रहालय स्थापना गरी शिक्षा केन्द्र सुरुवात गरेका थिए । नालन्दा बुद्धका एक अग्रश्रावक सारिपुत्रको जन्मस्थल हो ।

बुद्धकालमा यहाँ बौद्ध धर्मावलम्बीहरूको आवागमनले चहलपहल बढेको थियो । सम्राट अशोक स्वयं आफ्ना गुरु उपगुप्त भिक्षुसँग नालन्दा आएर भिक्षु सङ्घका लागि एक विहार निर्माण गरिदिएका थिए । इसाको चारौं शताब्दीमा चिनियाँ यात्री फाइयानले नालन्दाको तीर्थयात्रा गरी त्यसबारेमा आफ्नी यात्रा वृत्तान्तमा उल्लेख गर ।

राजाले नालन्दामा एक गगनचुम्बी महाविहार बनाइदिएको कुरा हुयानस्याङ्खले सातौं शताब्दीतिर लेखेको आफ्नो यात्रा वृत्तान्तमा उल्लेख गरेका छन् । उक्त महाविहारमा त्यतिबेला १० हजार विद्यार्थी र १५ सय अध्यापक रहेको कुरा हुयानस्याङ्खको पुस्तकमा लेखिएको छ । धेरै जसो अध्यापकले विभिन्न सूत्र र शास्त्रमा पारङ्गत भई पण्डित उपाधि पाएका थिए । कोही भने महापण्डितका रूपमा प्रतिष्ठित थिए ।

बौद्ध महापण्डित भिक्षु शीलभद्र महास्थविर सम्पूर्ण ग्रन्थका ज्ञाता भएकाले नालन्दा विश्वविद्यालयको प्रधानाचार्य (उपकुलपति) थिए । यस विश्वविद्यालयको विशेषता भनेको नै त्यहाँ विविध विषयमा हुने पठनपाठन हो । यहाँ बौद्ध दर्शन, कला, इतिहास, आयुर्वेद, विज्ञान, शिल्प, चिकित्सा, ज्योतिष र शब्दविद्या (व्याकरण) आदि विभिन्न विधामा अध्ययन अध्यापन हुने गर्थ्यो । 

नालन्दा बृहत् शिक्षा केन्द्रका रूपमा मात्र प्रख्यात नभई त्यहाँ विशाल भवन, विश्वविद्यालयमा ग्रन्थालय ९पुस्तकालय० स्थापना पनि गरिएको थियो । रत्नसार, सत्नोधि र रत्नरञ्जक नामक नौतले। साततले र पाँचतले भवनमा विशाल पुस्तकालय भवन थिए । हुयानस्याङ्खले ६५७ ग्रन्थको प्रतिलिपि सारे र भने, इत्सिँगले पाँच लाख श्लोक बराबरको चार सय ग्रन्थको प्रतिलिपि चीन लगेका थिए । हाल ती प्रतिलिपि रोयल एसियाटिक सोसाइटी, लन्डन र अक्सफोर्डका ग्रन्थालयमा सुरक्षित छन् ।

नालन्दामा चार वटा दर्शनीय मन्दिर रहेका थिए । नालन्दा विश्वविद्यालयलाई सन् ११९७ मा मुहम्मद बिन बख्तियार खिलजी नामका तुर्कले आक्रमण गरी ध्वस्त बनाएका थिए । ज्ञाननाथ मन्दिरमा लुकी भिक्षुहरूले ज्यान बचाए । पछि पनि पटक पटकको आक्रमणले नालन्दा विश्वविद्यालयका सम्पूर्ण भवन तथा ग्रन्थालयमा रहेका लाखौं ग्रन्थ नष्ट हुनुका साथै हजारौं विद्यार्थी र शिक्षकले ज्यान गुमाउनु परेको थिया । केही बचेका ग्रन्थ तिब्बत र नेपाल ल्याइए । 

 सोमपुरा विश्वविद्यालय पहिले पूर्वी पाकिस्तानमा अवस्थित थियो । राजा देवपालले धर्मपाल विहारको नाममा यसको निर्माण गरेका थिए । यो विश्वविद्यालय करिब ७५० वर्ष सञ्चालनमा रहेको अनुमान गरिएको छ । पछि यो पनि मुसलमान शासकले ध्वस्त गरिदिए । 

 

 

विक्रमशीला विश्वविद्यालय

राजा धर्मपाल (इपू ७७०–८१०) ले गङ्गाको सागरतटनजिक मगध राज्यको भागलपुरमा विक्रमशीला विश्वविद्यालय स्थापना गरेका थिए । यस विश्वविद्यालयमा नौ वटा ठूल्ठूला भवन थिए । विद्यागृहको हरेक भवनमा १५० भन्दा बढी शिक्षक बस्दथे । विशेषतः यहाँ तान्त्रिक शिक्षा दिने गरिन्थ्यो ।

दीपङ्कर श्रीज्ञान (अतीस) ले विक्रमशीला विश्वविद्यालयमा शिक्षा हासिल गरे र पछि सन् १०३४ देखि १०३८ सम्म यस विश्वविद्यालयको प्रमुख पनि भए । उनले तिब्बतमा समेत बौद्ध धर्म फैलाए । उनले भारतबाट नेपाल आई तिव्बत जानका लागि काठमाडौंको ठमेलमा रहेको भगवानवहाल विक्रमशीला महाविहारमा एक वर्ष बसेर प्रवचन दिएका थिए । 

विक्रमशीला विश्वविद्यालयलाई मुसलमान शासकले आगो लगाई ई। १२०३ मा ध्वस्त गरिदिए । कतिपय भिक्षु केही ग्रन्थ लिएर नेपाल र तिब्बतमा भागेर आए । यसै बेलादेखि नेपालमा महायान र वज्जयानको विकास भएको अनुमान छ ।

ओडन्तपुरी विश्वविद्यालय

ओडन्तपुरी विश्वविद्यालय १२ औं शताब्दीको अन्त्यसम्म विश्वविद्यालयका रूपमा अध्ययन केन्द्र थियो । यहाँ करिब १२ हजार विद्यार्थीले अध्ययन गर्दथे । यहाँ विशेषतः हीनयानसम्बन्धी अध्यापन हुने गथ्र्यो । दीपङ्कर श्रीज्ञान (अतीस) ले आफ्नो शिक्षा ओडन्तपुरी विश्वविद्यालयमा पनि हासिल गरेको देखिन्छ । मुसलमान शासक मुहम्मद बिन बख्तियारले ओडन्तपुरीमा आक्रमण गरी यस विश्वविद्यालयलाई ध्वस्त गरिदिएका थिए ।

सोमपुरा विश्वविद्यालय

सोमपुरा विश्वविद्यालय पहिले पूर्वी पाकिस्तानमा अवस्थित थियो । राजा देवपालले धर्मपाल विहारको नाममा यसको निर्माण गरेका थिए । यो विश्वविद्यालय करिब ७५० वर्ष सञ्चालनमा रहेको अनुमान गरिएको छ । पछि यो पनि मुसलमान शासकले ध्वस्त गरिदिए ।   

 प्राचीन शहर तक्ष्यशीला गन्धारको राजधानी थियो र वर्तमानको रावलपिण्डी क्षेत्रमा पर्दथ्यो। बौद्ध धर्मको अध्ययन र अध्यापन केन्द्र थियो यो । यहाँ कला, धर्म दर्शन र विज्ञानको अध्यापन गरिन्थ्यो । त्यसकालमा त्यहाँका बासिन्दा बुद्ध धर्म मान्थे । पाली भाषामा अध्ययन र अध्यापन हुन्थ्यो ।

 

जगडाल विश्वविद्यालय

पाल राजाहरूको शासनकालमा राजा रामपालले जगडाल विश्वविद्यालयको स्थापना राजधानी रामवतीमा गरेका थिए । यहाँ तान्त्रिक बौद्ध धर्मको ज्ञान दिने गरिन्थ्यो । धेरै जसो तिब्बती भाषामा ग्रन्थको अनुवाद हुन्थ्यो । शाक्य श्रीभद्र तान्त्रिक बौद्ध धर्मको प्रचारप्रसार गर्दथे । सन् १०२७ मा मुसलमान शासकले आक्रमण गरी यस विश्वविद्यालयलाई तहसनहस गरिदिए ।

भल्लभी विश्वविद्यालय

नालन्दामा भल्लभी विश्वविद्यालय प्रसिद्ध थियो । मैत्रिकाका शासनकालमा एउटा विशाल विहार बनाइयो । महायान बौद्ध धर्म सिकाउने भएर यो विश्वविद्यालय निकै प्रसिद्ध भयो । यहाँ हुयानस्याङ्खले भ्रमण गरेका थिए । उनका अनुसार यहाँ सयौँ विहार थिए र छ हजार बौद्ध भिक्षु बस्ने गर्दथे । इस्वी संवत्को आठौँ शताब्दीतिर मुसलमान शासकले आक्रमण गरी यसलाई ध्वस्त गरिदिए ।

तक्ष्यशीला विश्वविद्यालय

प्राचीन शहर तक्ष्यशीला गन्धारको राजधानी थियो र वर्तमानको रावलपिण्डी क्षेत्रमा पर्दथ्यो। बौद्ध धर्मको अध्ययन र अध्यापन केन्द्र थियो यो । यहाँ कला, धर्म दर्शन र विज्ञानको अध्यापन गरिन्थ्यो । त्यसकालमा त्यहाँका बासिन्दा बुद्ध धर्म मान्थे । पाली भाषामा अध्ययन र अध्यापन हुन्थ्यो । युवामञ्चबाट।