• सोमबार, १८ चैत, २०८१
  • ०८:३३:५५

काल्पनिक जस्तै लाग्ने मेरो विगत

काठमाडौं। सन् १९९२ जनवरी १८ मा साथी अमर कुमार राईसँग कोरियाको यात्रा तय भयो। साथीको सल्लाह अनुसार सिङ्गापुर एअरलाइन्सबाट सिङ्गापुर पुग्नुमा एउटा गज्जबको कौतुहलता थियो।

सिङ्गापुरे लाहुरे स्कुले साथी खगेन्द्र राईसँग सन्तोसा लगायत सिङ्गापुर शहरको साराङ्गुन प्लाजाको चार दिनको सुखद बसाइपछि एउटा आशा र विभिन्न योजनाहरूको कल्पना गर्दै जनवरी २३ तारिखमा ३ महिनाको प्रवेश अनुमती लिएर कोरियाको सउल स्थित किम्फो अन्तर्राष्ट्रिय विमानस्थलबाट कोरियाको भूमीमा पाईला टेकेको दिन सदा स्मरणमा रहेको छ।  

केवल दुई बर्षमा ऋण तिरेर एउटा घर भएपनि बनाउन सकुँला भन्ने सोचाई बलियो हुँदै गयो। नेपाली मित्रहरू बीच भेटघाट गर्ने क्रम पनि बढ्‌दै गयो। दुख र सुखमा साथ दिने लिदिया बेग वन ह्यालको चिनजानबाट म्यङदोङ् क्याथेड्रल परिसरमा नेपालीहरुको समाज नेसस बनाएर नेपालीहरुलाई समस्या पर्दा सहजीकरण गर्ने काम गरें।

 

कोरिया प्रवेशका दिन वस्ने ठाउँका लागि इथेवन भन्ने विदेशीहरुको चहलपहल हुने स्थानमा १२० अमेरिक डलर तिरेर डोङ् ईन् जाङ मोटेलमा बस्यो। रातको आराम पश्चात विहान सबेरै कोरियाली मित्र मार्फत हान नदीको किनारा हुंदै या‌ङ्जिरी भन्ने रस्थानमा पुग्यौं।

विहानको पहिलो भोजनमा खिम्चि र भात दिनु हुने हजुरआमाको याद आज पनि ताजै रहेको छ। कोरिया पुगेको भोलिपल्ट बाट नै परिवारको खुशीका लागि तय गरेको यात्राले गती लिन थाल्यो। स्नातक सम्मको अध्ययन गरेको मैले सरकारी सँस्थानमा गरिरहेको कामलाई तिलाञ्जली दिई भविष्यमा मातृ भूमीमा फर्किएर शिक्षाको क्षेत्रबाट विपन्न तथा विद्यालय जानबाट बञ्चित बालबालिकाहरुलाई सचेत बनाई शिक्षा दिने प्रण गरेको थिएं।

कोरियामा सुरुवाती चरणका कामका लागि कुनै अनुभव थिएन। त्यसैगरी फरक भाषा र खानपानको कारण कोरियाको दैनिकी कष्टपूर्ण भयो। सँगै विदेशिएका साथीले एक महिना पनि नपुग्दै यहाँ बस्न सकिन्न स्वदेश फर्कनका लागि समेत जोड गरे।

भाषाको कठीनाईका कारण कम्पनीमा माङछी लेउ भन्दा म मुढा लिएर अगाडि जान्यें त्यस बखतमा गाली पाएका ती पलहरुले त्यहाँ बस्नका लागि सहज छैन भन्ने लाग्दथ्यो । कोरियामा रहेका अन्य नेपाली साथीको बारेमा जानकारी लिएर एक महिना काम गरे पश्चात नेपाली साथी भएको स्थानमा स्थान्तरण गर्ने निर्णय लिएँ। मासोक, नाम्यान्जुगुन भन्ने स्थानमा सरेर मासिक ६० अमेरिकी डलर बढी पाउने स्थानमा काम गर्न थालें।

कोरिया बसाई लम्बिदै जांदा कोरियाली खाना खाने बानी पर्न थाल्यो, बस्नका लागि पनि सहज हुँदै गए र कम्पनीका मालिक किम यङ् जीन साजाङ्गिङ्गमको माया र असल व्यवहारले हामीलाई खुशी दिलायो। त्यस बखत कोरियाली सरकारले ६ महिनाको दरले भिषा थप गर्ने नीति अख्तियार गरेपछि हामी दत्तचित्त भएर कोरिया टाइम्स, कोरिया हेराल्ड, एएफ्केएनको माध्यमबाट उल्टोपाल्टो हान्गुख माल० कोरियाली भाषा० सिक्न थाल्यौँ।

हरेक ६ महिनाको अन्तरालमा दुई वर्षसम्म बस्ने अनुमति पाएर माछाका परिकार, अण्डा र झोलसँग मात्र खाने बानी परेको मेरा लागि कोरियाको खाना स्वादिष्ट बन्न थाल्यो। हरेक आइतबारको बिदामा घुमफिर गर्ने मासिक पिकनिक जाने, कोरियाली सभ्यतामा घुलमिल हुन थालेपछि हाम्रा वैशालु झौंकहरु मथ्थर हुँदै गए। 

 पछिल्ला वर्षहरूमा कक्षा र तह थप्दै सन् २००१ देखि निम्न माध्यमिक विद्यालय र सन् २००३ देखि माध्यमिक विद्यालय तह अपग्रेड गरी सञ्चालन गरिरहेको छु। तर एउटा अकल्पनीय संयोग नै भनौँ सन् २०१५ अप्रिल २५ को विनाशकारी भूकम्पले विद्यालय भवन क्षतविक्षत हुन गयो। तथापी सहयोगी हातहरुको कारण नयाँ वाउँमा स्थानान्तरण गरेर पुनर्निर्माण पछि पुर्नस्थापना गर्न सफल भए। थोरै गती लिन थालेको विद्यालय पुनः कोभिड १९ र लकडाउनले आर्थिक रुपमा ठूलो नोक्सानी व्यहोर्न गयो। 

 

केवल दुई बर्षमा ऋण तिरेर एउटा घर भएपनि बनाउन सकुँला भन्ने सोचाई बलियो हुँदै गयो। नेपाली मित्रहरू बीच भेटघाट गर्ने क्रम पनि बढ्‌दै गयो। दुख र सुखमा साथ दिने लिदिया बेग वन ह्यालको चिनजानबाट म्यङदोङ् क्याथेड्रल परिसरमा नेपालीहरुको समाज नेसस बनाएर नेपालीहरुलाई समस्या पर्दा सहजीकरण गर्ने काम गरें।

क्रिसमसको चाडमा रेसम फिरिरी गीतको रौनकता, चर्चको मञ्चमा दशैंतिहारको नेपाली पर्वहरुको प्रस्तुती, बुद्ध जयन्तीको अवसरमा छोग्येसा र खुर्यङ्‌सामा मनाएका रमाईला अविस्मरणीय पलहरु सम्झना आइरहन्छ। नेपाल फर्कने सोच बनाएको केहि समय अगाडी सुवन र आन्याङ्‌ शहरका काउन्सिलिङ्ग कार्यालयहरुमा मेरो र नेपाली साथीहरुको घना उपस्थिति रह्यो। मैले कोरियामा भेटेका दयालु तथा आत्मिय व्यक्तित्वहरु सँगको निकटताले मेरो जीवनमा सकारात्मक गति प्रदान गरिरहेको छ।

नेपाली लगायत अन्य विदेशी कामदारहरुको मिहिनेत र इमान्दारिताको फलस्वरुप १९९४को प्रशिक्षार्थी भिषाबाट प्रारम्भ भएको बैध वर्क पर्मिट सिस्टम आज इम्प्लोईमन्ट पर्मिट सिस्टम( ई.पि.एस )विकसित भएको छ। हालका दिनमा कोरिया र नेपाल दुई देश बीच कुटनितीक सम्बन्ध झनै मजबूत हुँदै गएको बारेमा अनुभव गर्न सकिन्छ। कोरियाको सभ्यता र आर्थिक प्रगतिमा नेपाली नागरिकहरुको भूमिका स्मरण गर्न लायक छ भन्ने लाग्छ।

साधारण घरायसी आवश्यकता र साना भाइबहिनीलाई उचित शिक्षा दिन सकिन्छ कि भन्ने उद्देश्यले विदेशिएको मेरा लागि कोरियाको आर्थिक मन्दी भएको अवस्था सन् १९९८ सेप्टेम्बर महिनामा स्वदेश फर्किएँ। कोरियामा रहंदा समाजसेवीका रुपमा नेपाली सम्पर्क समिति र नेपाल बौद्ध परिवार मार्फत नेपाली साथीहरुलाई अप्ठेरो पर्दा सहयोगीको भुमिका खेल्न पाएको पल कदापि भुल्न सक्दिन।

६ बर्ष ८ महिना पछि स्वदेश फर्कनु १ महिना अगाडी लि सिसिलिया दिदीमार्फत आन्याङ्ग शहरमा समाजसेवीका भेट्ने अवसर मिलेको किम ओक क्यु र इह्ला महिला विश्वविद्यालयका प्राध्यापक डाक्टर ई खुन हु मेरो जीवनको दिशा निर्देशक बन्नुभएको छ । गुड नेबर्स र छाबिए छिपको समन्वयमा काठमाडौँको गोलढुंगामा रहेको बिहानी बस्ती स्थापना भएको ३-४ बर्ष भएको थियो। सोही संस्थामा काम गर्ने सक्रिय कर्मचारीको रूपमा मैले एक बर्षको जेनेरल सेक्रेटरीको जिम्मेवारी सम्हालें।

काम गर्नका लागि सहज वातारण नभएको महसूस नभएर अस्वस्थताका कारण त्यहाँबाट भिन्न हुन बाध्य भए। हामी कोरियामा काम गरेर फर्किएका साथी ३ जनाले नेपालमा विद्यालय स्थापना गरेर विगत देखिनै कल्पना गरेको सपनालाई पुनरावृत्ति गर्दै यात्रा अगाडी बढाएका छौं । मैले काठमाडौँ शहरको वडा नम्बर १५, डल्लुमा २ बर्ष चलिसकेको, ८७ जना मात्र विद्यार्थी भएको फ्युचर स्टार प्राथमिक विद्यालयलाई आफ्नो स्वामित्वमा ल्याएर स्चालन गरें।

पछिल्ला वर्षहरूमा कक्षा र तह थप्दै सन् २००१ देखि निम्न माध्यमिक विद्यालय र सन् २००३ देखि माध्यमिक विद्यालय तह अपग्रेड गरी सञ्चालन गरिरहेको छु। तर एउटा अकल्पनीय संयोग नै भनौँ सन् २०१५ अप्रिल २५ को विनाशकारी भूकम्पले विद्यालय भवन क्षतविक्षत हुन गयो। तथापी सहयोगी हातहरुको कारण नयाँ वाउँमा स्थानान्तरण गरेर पुनर्निर्माण पछि पुर्नस्थापना गर्न सफल भए। थोरै गती लिन थालेको विद्यालय पुनः कोभिड १९ र लकडाउनले आर्थिक रुपमा ठूलो नोक्सानी व्यहोर्न गयो। 

 मलाई व्यवसाय शुरुवात गर्नका लागि केहि पूंजी तथा व्यवसाय संचालनका लागि आवश्यक आधारभूत अनुभव कोरियाबाट लिने अवसर मिल्यो र आजका दिनसम्म कोरियाली मित्रहरुसंगको समन्वयले निरन्तरता पाएको छ। कोरिया नेपाल बीच जनस्तरको सम्बन्धले आगामी दिनमा थप उचाई चुमोस भन्न चाहन्छु । 

 

घरायसी आर्थिक अवस्था नाजुक भएर शिक्षाबाट बन्चित हुनु पर्ने स साना बालबालिकालाई सक्षम नागरिक डाक्टर, इञ्जिनियर, समाजसेवी, सरकारी कर्मचारी,शिक्षक, आदि बनेर समाज तथा देशको सेवामा समर्पित भएको सुन्न, जान्न र देख्न पाउँदाआफू जल्दै गरेको मैनबत्तीले झैँ उज्यालो छर्दै छु भन्ने लाग्दछ।

आज मैले स्थापना गरेको फ्युचर स्टार स्कुलमा सीप, विद्या र सेवा प्रदान गर्ने सन्दर्भमा करिब ४५० बाल बालिकाहरु अध्ययन गरिरहेका छन् भने ३४ जना शिक्षकहरु र ९ जना कार्यालय स्टाफहरुले प्रत्यक्ष रोजगारी पाईरहेका छन्। शिक्षक, अभिभावक, छिमेकी र शुभचिन्तकहरुको सामुहिक सहयोगमा विद्यालय अग्रगतिमा लम्किरहेको विश्वास लिएको छु। म लगायत सामूहिक सेयर लगानीमा काठमाडौं, सोल्टी मोडमा एभरेष्ट इनोभेटिभ स्कुल तथा कलेज समेत संचालनमा रहेकोले विगतका मेरा सपनाहरु यथार्थमा रुपान्तरण भएको छ।

अन्त्यमा, विद्यालय संचालन गर्दा साना बाल बच्चाको मलिन अनुहार, खुशी अनुहार, चम्किला आँखा, गहन भाषा आदीको अनुभव गर्दै दिनहरु वितिरहेका छन्। नेपालमा केहि गर्न सकिन्छ त्यसका लागि धैर्यता, अनुशासन मेहनेत चाहिन्छ भन्ने मेरो बुझाई रहेको छ।

मलाई व्यवसाय शुरुवात गर्नका लागि केहि पूंजी तथा व्यवसाय संचालनका लागि आवश्यक आधारभूत अनुभव कोरियाबाट लिने अवसर मिल्यो र आजका दिनसम्म कोरियाली मित्रहरुसंगको समन्वयले निरन्तरता पाएको छ। कोरिया नेपाल बीच जनस्तरको सम्बन्धले आगामी दिनमा थप उचाई चुमोस भन्न चाहन्छु ।(शिव पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।