अन्नपूर्णमा आरोहण सुरु
-
नेटिजन संवाददाता
- सोमबार, २५ चैत, २०८१- १२:२३:००/ Monday 04-07-25

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ ।
सोमबार विहान मकालु एडभेन्चरबाट आरोहणका लागि पुगेका एक जना बंगलादेशी, एकजना हंगेरी र एक जना किर्किस्तानी नागरिक गरी तीन जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन् ।
हिमाल आरोहणको याम सुरु भएलगत्तै पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन,मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर आरोहणको तयारी थालेका हुन् ।
मकालु एडभेन्चरका प्रबन्धक तथा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले सोमबार विहान तीनजनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको जानकारी आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, "तीन जनाले आज विहानै हिमाल आरोहण गरेको खबर आधार शिविरबाट प्राप्त भएको छ । आरोहणका लागि आजको मौसम अनुकुल भएकाले धेरै आरोहीहरु चुचुरोमा पुग्ने क्रममा छन्। जहाँ सम्म आजको दिन कम्तीमा ३० जनाले हिमाल आरोहण गर्ने भन्ने सूचना पाएको छु ।"
आरोहणको सिजन सुरु भएसँगै चार हजार एकसय ९० मिटर उचाईमा रहेको आधार शिविरमा यतिखेर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।
गत वर्षभन्दा यसपटक आधर शिविरमा आरोही र पर्यटकको चहलपहल निकै बढेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटनकर्मी तेज गुरुङले भन्नुभयो, ‘‘मौरिस हर्जोग पदमार्ग हुँदै ४ हजार एकसय ९० मिटर उचाईमा रहेको आधार शिविरमा पुगेका आरोहीहरुको टोलीले टेन्ट टाँगेर बसेका छन् । आरोहीहरु पुग्न थालेपछि आधार शिविर गाउँ जस्तै बनेको उहाँले बताउनुभयो ।
पर्यटन विभागका अनुसार वसन्तयाममा हिमाल आरोहणका लागि पाँच समुहका ३० पुरुष र १२ जना महिला गरेर ४२ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए।
प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्नसकिन्छ ।
पर्यटकीय सिजन सुरु भएसँगै आधार शिविर पुग्ने आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धी भएको उहाँले बताउनुभयो । आरोहीहरु र सहयोगी गरेर आधार शिविरमा अहिले करिब तीनसयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
हिमाल आरोहणको याम सुरु भएलगत्तै पायनियर एडभेन्चर, आठ के एक्सपिडेसन, इमेल नेपाल, सेभेन समिट, १४ पिक्स एक्सपिडेसन,मकालु एडभेन्चर र बोचीबोची पिक्समार्फत विश्वका विभिन्न देशबाट आएका आरोहीहरू आधार शिविरमा पुगेर आरोहणको तयारी थालेका हुन् ।
अन्नपूर्णको अहिलेसम्म चार सय ९१ जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलो पटक आरोहण गर्नुभएको थियो ।
प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्नसकिन्छ ।
पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ। रासस ।