कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय
-
नेटिजन संवाददाता
- मंगलबार, ९ बैशाख, २०८२- १२:३०:००/ Tuesday 04-22-25

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । तर मंगलबार बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।