• शनिबार, १३ बैशाख, २०८२
  • ०४:४७:४३

बीपी पथ र पृथ्वीनारायणको दिब्य उपदेशको समागम 

काठमाडौं । बीपी कोईराला नेपाली कांग्रेस को क्रान्तिकारी नेताको उदय दोस्रो विश्व युद्ध पछि मात्र दक्षिण  एशियाई देश नेपालमा भएको थियोे । बीपी कोईराला नेपालको अन्नय मित्र देश भारतीको बेलायती शासनको बिरुद्धको क्रान्तीमा समेत होम्मीएका नेता पनि हुन । भारतीय क्रान्तिमा होम्मिने मुल कारण हो भारत बृटिश सामराज्यबाट मुक्त नभए सम्म राणाको शासन नेपालबाट अन्त गराउन कठिन हुने उनको ठम्याइ थियोे । बीपीको दुरदृष्टि सहि सावित पनि भएको थियोे । सन् १९४७ मा बृटिश शासकहरु भारत छोडेर गए पछि राणा शासनको अन्त गर्न राणा बिरोधी शक्तिहरु एक जुट भएर बिविक्रम संवत् २००७ सालमा राणा शासनको अन्त गराएका थिए ।

नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले बिक्रम संवत् १८३१ माघे सक्रान्तिका दिन आफ्नो देह त्याग गर्नु अगाडि मुलकका रैतीहरुका लागि ९ राजाहरुको शासनकालमा जनता लाई भनिने शब्द रैती थियो० दिब्य उपदेशमा केही कालजयी संदेश दिएका थिए। यी दिब्य उपदेशमा केही संदेशहरु नेपाल र नेपालीका लागि सदा सर्वदा उपयोगी हुने जन विश्वास रहिरहेको छ। जस्मा नेपाल दुई ढुंगा बिचको तरुल हो, राज्यका भंडार भनेको रैतीहरु हुन, नेपाल चार जात छत्तीस वर्णको फुलवारी हो । त्यस्तै न्याय ईन्साफ बिग्रने कारण भन्या घुस लिने र दिने दुबै कारक हुन भन्ने  पृथ्वीनारायण शाहका दिब्य उपदेश उनी सम्म मात्र रह्यो । पृथ्वीनारायण शाह पछिका शाही शासकहरुले ईमानदारी पुर्वक दिब्य उपदेशको मर्म मनन् गर्न सकेनन् । त्यसको परिक्षण लेखाजोखा  गर्न बिद्वान पाठक बृन्दहरुको पोल्टामानै बिसाएको छुं ।

हरेक युग वा दशकमा  विश्वामा कालजयी पुरुष वा महिला नेताहरूको उदय भएको छ । सन् १९४५ तिर भारत बेलायती उपनिवेश बाट मुक्त भए पछि भारतमा पंडित जवाहरलाल नेहरुको उदय भयो र उनी सन् १९४७ मा स्वतन्त्र भारतको प्रधानमन्त्री हुदै गर्दा भारतको सामाजिक, आर्थिक र राजनीतिक बिविकास र समृद्धिका लागि समाजवादको माध्यमबाट मुलकको समग्र बिविकासमा जोड दिए। समाजवादको बाटो सन् ५० को दसशक देखि अंगाले पनि भारत र भारतीय समाज पिछडापन र गरिबीमै दशकौ सम्म रुमलिनै रह्यो ।

अमेरिकी राष्ट्रपति सन् १९८१ मा रोनाल्ड रेगन राष्ट्रपति  चुनिदा उनको नारा थियोे ( अमेरिका र अमेरिकी समाजलाई समप्न शबनाउने र विश्वमा कम्युनिस्ट सत्ताको बिस्तार लाई रोक्ने । त्यसका लागि सशक्त रुपमा अमेरिकी  ब्यपार बिस्तार गर्न,  सरकारी करमा कटौती र बजारलाई उपयोग बादि सिधााद्धान्तमा आधारित त्चष्अपभ म्यधल त्जभयचथ अर्थात् सीप र पुजी भएका संग काम गरी गरिब अमेरिकी र बिश्वका गरिबहरुको आर्थिक अवस्थामा सुधार गरि खोक्रो नारा सहितका साम्यवादी बिस्तारलाई रोक्नुनै राष्ट्रपति रेगनको उदेद्देश्य रहेको थियो । यश अर्थमा सन् १९९० आउदा न आउदै साम्यवादको बिगुल फुक्ने सोभियत संघ चरमराएर ढल्यो र तत्कालिन सोभियत संघ १७ टुक्रामा बाडिए । राष्ट्रपती रेगनको तचष्अभि मयधल तजभयचथ  ९शिद्धान्तले० पक्कै पनि काम गरेको हो कि भन्ने बुद्धिद्धिजीवीहरुमा छाप परेको छ । 
नेपालका मुर्धन्य एवम् दुरदर्शि नेता बीपी कोईरालाका कालजयी  शिद्धासिद्धान्त र बिविचारहरुलाई बीपी पथमा रुपान्तरण गर्ने समय आएको छ। बीपी  पथ का लागि बहसको समय पनि भएको छ भन्ने यो पंक्तिकारलाई पनि लागेको हुंदा यो खेस्रा तयार पार्ने पहिलो प्रयासनै  हो । 

बीपी कोईराला र यीनका सहयोगीको बलमा बिविक्रम संवत् २००७ सालको क्रान्तिले अन्तिम धक्कामा राणा शासनको अन्त भई लोकतन्त्रको उदय भएको थियोे । २००७ सालको राणा कांग्रेसको संयुक्त सरकारमा बीपी गृहमन्त्री हुदै गर्दानै तत्कालीन शाही राजाका आखांको किरकिरो हुन गएका थिए भन्ने कुरा त्यस समयका राजाका कृयाकलाप र गतिविधिबाट स्पष्ट हुनेल।गर्दछ । राणा प्रधानमन्त्री मोहन सम्शेर राणाले २००७ मा राणा र नेपाली कांग्रेसको संयुुक्त सरकारबाट राजिनामा दिए पछि शाही राजाले बीपी कोईरालालाई प्रधानमन्त्री हुनबाट रोक्न अनेक प्रपन्च गर्न शुरु गरेका थिए । त्यसको मुलकारण थियो बीपी कोईराला र उनका अनुयायीहरुले संविधानसभाको चुनाव गराउने दवाब । शाही राजा महेन्द्र, राजा त्रिभुवन र अन्य शाही राजाहरू संविधानसभाको चुनाव बाट अत्यन्तै तर्शिएका थिए । भन्ने कुरा मओवादी कम्युनिस्टको २०५२ सालको संविधानसभा को चुनावको मांगबाट शाही राजाहरुलाई  मनोबैज्ञानिक दबाब पर्न गएबाटनैर होला तत्कालीन शाही राजाहरुले अनौठो अनौठो तरिकाको गैर संविधानिक कदमहरुका चलाउने गरेको कुरा अबको नयाँ पुस्ताले पनि बुझि सकेका छन ।

बिविक्रम  संवत् २००७ साल देखिनै नेपाली   कांग्रेसको आन्दोलन र दवाबमा तत्कालिन शाही राजाले संविधानसभाको चुनाव हौईन संसदको लागि चुनाव गराउने घोषणा बिविक्रम संवत् २०१५ सालमा गर्ने बाचा गरे । घोषित संसदको चुनावमा नेपाली कांग्रेस पार्टीले पनि आम चुनावमा सहभागी हुने गरि चुनावको तयारी थालेल्यो । कुल १०९ ठाउँमा संसदीय चुनाव गराउदा ७९ ठाउँमा नेपाली कांग्रेसका उम्मेदवारहरुनै बिजयी भए। झन्डै दुई तिहाइ संसदीय क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो झन्डा गाडन सफद भयो । नेपाली कांग्रेस लाई पछ्याउँदै तर ठुलो अन्तरका साथ जम्मा जम्मी १९ सिटमा गोर्खा परिषद् दलले आफ्नो जित दर्ज गर्न सक्यो । 

कम्युनिस्ट पार्टीको बिक्रम संवत् २०१५ सालको चुनावमा जम्मा चार सिट मात्र जित्न सक्यो । नेपाली कांग्रेस का संस्थापक नेता बीपी कोईराला देशको प्रधानमन्त्री निउक्त भए । नेपाली कांग्रेसले स्थापनाकालमा अंगिकार गरेको प्रजातान्त्रिक समाजवादलाई ब्यबहारिक समाजवादमा रुपान्तरण गर्न र नेपाली जनतामा जरो गाडेको सामन्ती समाज र संशकारलाई थन्क्याउने कार्य चुनौतीपूर्ण भएता पनि क्रान्तिकारी परिवर्तनको तयारी शुरु गर्यो ।

नेपाली कांग्रेसले अंगिकार गरेको लोकतान्त्रिक समाजवादलाई उपयोग मुखि समाजवाद को प्रयोग गर्ने लक्षका कारण नै नेपाली कांग्रेसले २०१५ को चुनावमा अपार बहुमतका साथ चुनावमा  जित हासिल गर्यो । नेपाली कांग्रेसको सरकारलाई सामन्ती संस्कारको सामाजिक बनौटलाई परिवर्तन गर्नु ठुलो चुनौती नै थियो । बिर्तावाल र जमिन्दारहरुक‍ो अपरिसीमित जग्गा खोसेर जोतहालाई बाड्नु पर्ने कठिनतम काम बिर्ता उल्मुलनको श्री गणेश नेपाली कांग्रेसको सरकारले गर्यो । नेपाली कांग्रेसको नारा ू जसको जोत उसको पोतू भन्ने नारालाई साकार तुल्याउनु पनि  थियोे ।

समतामुखी र समावेशी समाज स्थापना गर्न नेपालको उरवर्कउर्वर भुमिमा जस्को जोत उसैको पोत जस्ता जन उपयोग नारालाई कार्य दिशा दिनु पर्ने चुनौतीपूर्ण थियो । जन उपयोगी समाजवादको शिद्धन्त लागू गर्ने  क्रान्तिकारी चाल्न नेपाली कांग्रेसको सरकारले भुमिसुधारको कार्य नितिले मुर्तरुप लिन थालेको थियोे । जग्गामा हदबन्दीको सिमा तोकेर कृषि उद्योग स्थापानमा बल पुर्यााउने काममा गर्नु पर्ने थियो । 

समावेशीताको जग बसाउन बिक्रम संवत् २०१५ सालको नेपाली कांग्रेसको सरकारको मंन्त्रिमंडलमा नेपालको सुदुर पश्चिम क्षेत्रकि सासंद श्रीमती द्वारिका देवी ठकुराानी लाई मंत्री बनाई समावेश गराई समतामूलक समाजको कार्यनीतिलाई आफ्नो आधारशिला  संकेत दिएको थियोे । प्रधानमन्त्री बीपी कोईरालाले देशको योजना बनाउदा आफ्नो कार्कक्षमा रहेको नेपाली किसानले खेतमा परंम्परागत तरिकाको हलो र अरु पौराणिककालका प्रविधिहरुमा परिवर्तन ल्याउने दुरदृष्टि राखि योजना बनाउन बिज्ञहरुलाई सुझाव दिनु भएको दृष्टान्त नेपाली टिपोटहरु अहिले पनि देख्न  र पढ्न पाईन्छ ।
नेपालमा केही दलगत बिचार बोकेका नेता बामपंथी नेता मदन भंडारि, पुष्पलाल श्रेष्ठ , पुष्पकमल दाहल प्रचण्डले लिएका निति र कार्य शैली बाट सयौं एवं हजारौं निहत्था निर्दोष जनताहरुको ज्यान गएको दृष्टान्त हाम्रा सामु टड्कारो रुपमा रहेको छ । 
बामपंथी बिचारलाई जग्गा जमिन जोत्न राज्यले हस्तक्षेप गर्नु पर्छ अर्थात् संपूर्ण जग्गा जमिन राष्ट्रियकरण गर्नु पर्छ भन्ने मान्यता बाट प्रेरित रहेको बामपंथी नेता अझ पनि हाम्रा वरिपरिनै रहेका छन।  यस्को दृष्टान्त हालै एमालेबाट निर्वाचित राष्ट्रिय सभाका सदस्यले राष्ट्रिय सभाको बैठकमा कुरकुच्चा उचाली उचाली बोलेको भाषण हामीले आधुनिक संचार माध्यममा हेर्न र सुन्न पाएको नेपाली समाजले बिर्सन सक्दैन ।

 उदारवादी, बजारमुखि, सघन प्रविधिमा आधारित आर्थिक, समाजिक र राजनीतिक बिकासको परिकल्पना गरि बिश्व बजारमा आ आफ्नो अखाडा जमाउन अमेरिका, चीन, भारत, दक्षिण कोरिया जस्ता देशहरु आक्रमक रुपमा अगाडि आईरहेका छन् । हेनरी फोर्ड नमुनाको बिकासमा जहाँ भिमकाय मसिन मानवीय प्रचालित मसिनको युगलाई पछाडि पारि कृत्रिम बौद्धिक ९ एआई० द्वारा प्रक्षेपित युगमा प्रविष्ट हुँदै गर्दा हाम्रो आर्थिक, सामाजिक र राजनीतिक बिकासमा पुरातनवादी सोच भएका असक्ष्म नेतृत्वको चंगुलमा मुलुकको बागडोर सम्हालि आएका छन। 

नेपाल मा दुई कालजयी बिचारका सारथिहरुका आधार स्तम्भलाई आधुनिक युगका उपकरणहरु संग जोडि एक्काईसौ शताब्दीको विचार पथमा रुपान्तरण  गर्नु पर्छ भन्ने यो पंक्तिकारको पनि रहेको छ।  राजा पृथ्वीनारायण शाहका दिब्य उपदेश जुन उन्नाइसौं शताब्दीको मध्य तिर जन समक्ष ल्याईको थियो त्यस उपदेशमा एक्काईसौ शताब्दीका लागि वैयश्विक बजारमुखि र कृत्रिम प्रबिधिको ज्ञान र शिपलाई जोडि बीपी पथको निर्माण गर्ने तर्फ लाग्नु पर्छ भन्ने सोच बौद्धिक जगतको रहेको छ।  ईटलिको भेटिकन चर्चका मुल पादरी फ्रान्सिसले एक्काईसौ शताब्दीको धार संग जोडन चर्चमा समसामयिक सुधारको थालनी गरेको चर्चा  समेतलाई उदाहरणमा राखेर बीपीका कालजयी संदेश, प्रायोगिक समतामूलक समाजवादको चुरो समातेर वौश्विक प्रतिस्पर्धात्मक बजार निर्माण गर्न छिमेकि देशहरू संग भुराजनितीक सम्बन्ध बढाउन फगत लेन देनको ब्यवहार पनि गर्न जरुरी देखिन्छ । नेपालको अपार जलविद्युतको भंडारलाई सदुपयोग गर्न छिमेकी पहिलो प्रथमिकता राखौ र लगानी भित्र्याउने काममा यथासक्य चांडो शुरु गर्ने बेला आएको छ। 

संसारका १४ उच्च हिमचुली जो कि आठ हजार मिटर अग्ला  मध्ये झन्डै आठ वटा अग्ला हिमाल नेपालमै रहेका छन । नेपालको समृद्धिका लागि छिमेकी पहिलो प्राथमिकताको कुटनैतिक पहल हुनु पर्छ भन्ने मान्यता बाट नेतृत्व अगाडि बढनु पर्छ भन्ने आम सोच रहेको छ । छिमेकी देशहरूको उदारवादी सोचलाई नेपालले प्रयोग गरि मेक इन नेपाल का उत्पादन अमेरिका लगाएत विश्व बजारमा प्रवेश गराउन सक्ने राज नेताको खोज गर्ने समय आएको छ। २१ औं  शताब्दीमा वैजश्वविक बजारमा प्रवेश गराउन  सक्ने कुटनैतिक र बौद्धिक जमातको खांचो छ।

  युगान्तकारी एवम् कालजयी नेता बीपी कोईरालाले राष्ट्रियता भनेको नेपालको सिमानामा  रहेको माटो मात्र होइन राष्ट्रियता भनेको नेपाली जनताको ढुक ढुकिनै  हो भन्ने गरेको दृष्टान्त। हाम्रा सामुनै रहेको छ । बीपीको  कुनै पनि नेपाली भोका न रहुन, कुनै पनि नेपाली नांगा  नरहुन, कुनै पनि नेपाली उपचार गर्न नपाई  अकालमा मृत्युु वरण गर्नु नपरोस भन्ने धेय राखेर सरकारमा गएको भन्ने बिचार चाहे तत्कालीन शाही राजाका अगाडि होस वा आफ्ना कार्यकर्ताका बिचमा होस आफ्नो कालजयी बिचारहरु राखेर अगाडि बढी रहेको बीपी कोईरालाले समय समयमा प्रकाशित किताब, लेख र संदेश समय समयमा आई रहेकै बिषयहरु हुन । 

बीपीको बिचार समग्र रुपमा उदारवादी ल‍ोकतंन्त्रको जग बसाल्नु नै थियोे । बीपीको स्तरीय  राजनीतिक ब्यवस्थाबाटनै १५ बर्ष भित्रमा नेपाली समग्रलाई आफ्नो जस्तो मध्यम बर्गिय  आर्थिक अवस्थामा पुर्या उन सक्छु भन्ने बिचारमा दृढ़ थिए । अहिलेका जस्ता नेता एवं शासकहरु आफु र आफ्ना आसे पासे हुक्के बैठके लाई मात्र  ढोकामा छिर्न गार्हो  हुने गरि मोटाउने तंन्त्रिक साधना गरे जस्तो पक्कै बीपी कोईरालाको समय भए किमार्थ हुने थिएन ।  बीपी कोईराला सरकारको मुखिया  भई अगाडि बढ्दै गर्दा हठातरुपमा नेपाली कांग्रेसको सरकारलाई सैनिक बालमा शाही राजाले सत्ताच्युत गरि २०१५ का जनताबाट निर्वाचित  प्रधानमन्त्री लगाएतलाई जेलमा हालि राजा महेन्द्रले प्रत्यक्ष शासन गर्ने जमर्को  २०१७ पौष देखि गरेका थिए ।

बीपी कोईरालाको छिमेकीलाई प्राथमिकतामा राखि आफ्नो शासनकालको अठारे महिने अवधिमा छिमेकी देश चीनको भ्रमण गरि सगरमाथाको नेपाली अधिकारलाई स्थापित गर्न सफल भए भने भारत संगको सुमधुर संबन्ध स्थापित गरि राष्ट्रियताको जग बलियो बनाउन सफल भए ।  नेपालका दुई कालजयी बिभुतिहरु बीपी कोईराला र राजा पृथ्वीनारायण शाहका बिचारलाई पछ्याउँदै आधुनिक नेपालालाई बीपीको १५ बर्षे बिकाशे सोचले प्रत्येक नेपालीलाई मध्यम बर्गको आर्थिक, समाजिक र समावेशी राजनीतिक अवस्थामा पुर्याउने बिचारलाई बीपी पथको जग बसाउने काममा नेपाली कंग्रेस लगाएत खुला र उदार लोकतान्त्र शक्तिहरुले उपयोगी समाजवादको सैद्धान्तिक  आधार मानि सबै एकै ठाउँमा अट्ने बीपी  पथको जग बसाल्नु समयको मांग हुन गएको छ। 

बीपी पथमा नेपाली लाई आगामी १० बर्षमा सुखि, समृद्ध र स्वास्थ बनाउने जग निर्माण गर्ने नै हो ।  वैश्विक बजारमा मा नेपाललाई प्रतिस्पर्धात्मक बनाउन आफ्नो दुई छिमेकी संग प्राबिधिक र आर्थिक लगानीलाई जोहो गर्न दुबै देशका लगानीकर्ता र सम्बन्धित् सरकारका सरोकारवालाहरु संग त्रिपक्षीय बैठक आह्वान गरि नेपाली कानुन, नेपाली नियम र दुवैको  पक्षको स्वामित्वलाई पुर्णरुपमा स्थापना गर्न सरोकारवाला सबै बसि छिनोफानो गर्ने काम गर्न सक्नुपर्छ ।