कस्तो छ आजको मौसम ?
-
नेटिजन संवाददाता
- बिहीबार, २२ श्रावण, २०८२- १०:५२:००/ Thursday 08-07-25

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहिबार कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।
कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागको १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।