• आइतबार, २९ असार, २०८२
  • १२:२९:२१

शिवपुरीको जंगलमा फेरि आगलागी 

  • Netizen Nepal
  • मंगलबार, १३ बैशाख, २०७९- १८:०६:००/ Tuesday 04-26-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ वैशाख। काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा फेरि आगलागी भएको छ । निकुञ्जस्थित तारेभीर क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागी नियन्त्रणमा लिन नेपाली सेना र नेपाल प्रहरीको टोली खटाइएको छ । आगो निभाउन हेलिकोप्टर प्रयोग गरिएको छ भने दमकल र ट्याङ्कर पनि परिचालन गरिएको छ ।

सोमबार राति पनि तारेभीर क्षेत्रमा आगलागी भएको थियो ।