• शनिबार, १५ बैशाख, २०८१
  • ०३:५४:०९

चट्याङ लागेर युवकको मृत्यु

  • Netizen Nepal
  • सोमबार, २ जेठ, २०७९- १२:२२:००/ Monday 05-16-22

नेटिजन संवाददाता 

काठमाडौँ, २ जेठ। आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ । 

उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो ।