• सोमबार, १३ असार, २०७९
  • १२:०६:३५

दरबार हत्याकाण्डको २१ वर्ष पुरा 

  • Netizen Nepal
  • बिहीबार, १९ जेठ, २०७९- ११:२६:००/ Thursday 06-02-22

नेटिजन संवाददाता 
काठमाडौँ, १९ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको २१ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ शुक्रबार बेलुकी राजदरबारभित्र पारिवारिक भेटभाटका बेलाभएको घटनामा वीरेन्द्रका भाईदेखि ज्वाइँसम्मको हत्या भएको थियो ।


घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुति, राजाका भाइ धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्गविक्रमको पनि हत्या भएको थियो ।

उक्त हत्याकाण्डपछि घटनबारे छानविन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनेको थियो ।

सो समितिले युवराज दीपेन्द्रबाटै घटना भएको प्रतिवेदन सार्वजनिक गरेकाे थियो । उक्त प्रतिवेदन तत्कालीन तत्कालीन सभामुख तारानाथ रानाभाटले सार्वजनिक गर्नुभएको थियो ।  

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा दीपेन्द्रले नै सम्पूर्ण परिवारको गोली हानी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको उल्लेख गरिएको छ । तर उक्त प्रतिवेदका बाबजुद आम नेपाली नागरिकमा भने उक्त हत्याकाण्डको तथ्यमा शंकाको जालो अझै बाँकी छ ।

उच्च सुरक्षा घेराभित्र रहेको नारायणहिटी राजदरबारका उक्त घटना कसरी सम्भव भयो भन्ने विषय आम नागरिक माझ अझै रहस्यकै विषय बनेको छ ।