• बुधबार, १८ असार, २०८२
  • ०७:०८:०५

भारी वर्षाले चीनको जियाङ्सीका झन्डै ५ लाख मानिस प्रभावित

  • Netizen Nepal
  • मंगलबार, ७ असार, २०७९- ११:२८:००/ Tuesday 06-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ७ असार। पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ ।  सो क्षेत्रमा करिब ४ लाख ८५ हजार बासिन्दाहरू अविरल वर्षाबाट प्रभावित भएका छन्।

शनिबार दिउँसो ३:०० बजेदेखि सोमबारसम्मको भारी वर्षा र बाढीका कारण जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली प्रभावित भएको थियो । मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ।

स्थानीय मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भारी वर्षा हुने जनाएको छ । 
वर्षाको प्रभाव बुधबार उत्तर याङ्जीा  नदी तर्फ सर्नेछ।