• शुक्रबार, १४ बैशाख, २०८१
  • ०७:०७:१२

सर्पदंशबाट किशोरको मृत्यु

  • Netizen Nepal
  • बुधबार, ८ असार, २०७९- ११:००:००/ Wednesday 06-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ असार। विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ ।