• बिहीबार, १९ असार, २०८२
  • ०८:४०:३३

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

  • Netizen Nepal
  • शुक्रबार, २० श्रावण, २०७९- १६:५८:००/ Friday 08-05-22

नेटिजन संवाददाता

काठमाडौँ, २० साउन। पश्चिम चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई आज दिउँसो १२ः३० बजे हात्तीले आक्रमण गरेपछि उहाँको मृत्यु भएको थियो । घटनास्थलतर्फ निकुञ्जर र प्रहरीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।