घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? -
- Netizen Nepal
- बिहीबार, २६ श्रावण, २०७९- ११:२६:००/ Thursday 08-11-22

नेटिजन संवाददाता
काठमाडौँ, २६ साउन। ,नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ सयले घटेर रु ९६ हजार ६ एक सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १ सय रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु ५ ले घटेर रु १२ सय २५ तोकिएकोे महासंघले जनाएको छ।