• शनिबार, २२ बैशाख, २०८१
  • ०१:४५:४३

कोरोना अपडेट: ३ जनाको मृत्यु, २०६ मा संक्रमण 

  • Netizen Nepal
  • शुक्रबार, १७ भदौ, २०७९- १७:३५:००/ Friday 09-02-22

नेटिजन संवाददाता 
काठमाडौँ, १७ भदौ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १२ हजार नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ५ को मृत्यु भइसकेको छ। यो कूल संक्रमितको १.२ प्रतिशत हो। 

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८ सय ६९ जनाको परीक्षणबाट २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

कोरोना सुरु भएयता पीसीआर विधिबाट ५८ लाख ९३ हजार ५३० र एन्टिजेनबाट १३ लाख ६१ हजार ४८४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ९ लाख ९७ हजार ६६० र एन्टिजेनबाट १ लाख ५० हजार ७७३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना देखिएकामध्ये ९८.४ प्रतिशत अर्थात् ९ लाख ८२ हजार ७६४ जना निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या २८९१ रहेको छ।