• बुधबार, १८ असार, २०८२
  • ०८:२५:१८

हस्तकला क्षेत्रको बारेमा छलफल हुने

  • Netizen Nepal
  • बुधबार, ५ असोज, २०७९- १३:४७:००/ Wednesday 09-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ५ असोज । नेपाल हस्ताकाला उद्यमी संघ काठमाडौंले 
“नेपालको २०२६  सम्ममा विकासशील देशमा स्तरोन्नतिको  रोडम्याप: हस्त कला तथा साना र मझौला उद्योगको सरोकार विषयमा  छलफल कार्यक्रम संचालन  गर्ने भएको छ।    युरोपियन युनियन र जिआइजेटको सहयोगमा  अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल हस्ताकला उद्यमी संघ काठमाडौंले   आयोजना गरेको उक्त कार्यक्रमको मुख्य उद्धेश्य नेपालको स्तरोन्नतिका लागि घरेलु तथा  मझौला उद्योग विस्तारको महत्व र चुनौतीका विषयमा नीति निर्माता, व्यवसायी, राजनीतिज्ञ लगायतका व्यवाक्तिहरुलाई सुसुचित गराउनु रेहेको  छ।    

संयुक्त राष्ट्र संघको विकास नीति समितिले संयुक्त राष्ट्र संघको महासभामा नेपाल अल्पविकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नतिको क्रममा रहेको उल्लेख गरेको छ । समितिले कुनै पनि देशको स्तरोन्नतिको मापन प्रतिव्यक्ति आय, सामाजिक सम्पति सूचकांक   र आर्थिक र वातावरणीय जोखिम सूचकांकको आधारमा गर्ने गरेको छ ।  जुन मापदण्डमा नेपालको स्तर सुधार हुँदै आइरहेको बताइएको छ ।  

अल्पविकसित राष्ट्र भएकै कारणले नेपालले घरेलु तथा मझौला उद्योगमा उत्पादन भएका हस्तकलाका सामाग्रीहरु विश्वबजारमा बिक्रीका लागि छुट तथा सहुलियत पाउँदै आएको छ । तर विकासशिल राष्ट्रमा स्तरोन्नति भएसंगै सो सेवा सुविधाबाट भने बंचित हुने जनाइएको छ ।  त्यसैले छलफलको मुख्य उद्देश्य नेपाललाई २०२६ सम्ममा विकासशील राष्ट्रमा परिणत गर्नका लागि योजना, नीति तथा कार्यक्रमका बारेमा जानकारी दिनु हो ।  

 कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स,  नेपाल बैंकर्स संघ लगायतका विशिष्ठ व्यक्तित्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।  सहभागीहरुले नेपालको व्यापार प्रवर्द्धन तथा आर्थिक उन्नतिका लागि देशको रणनीतिक योजना तथा नीति, विभिन्न क्षेत्रको भूमिका, क्षमता अभिवृद्धि लगायतका विषयमा छलफल गर्ने  छन् ।

कार्यक्रममा साना तथा मझौला उद्योग व्यवसायी संघ, जिल्ला तथा प्रदेश स्तरिय बाणिज्य संघहरु, सरकारी निकाय, बैंक, प्राज्ञिक तथा अन्य सम्बन्धित व्यावसायिक संघसंस्थाको प्रतिनिधित्व गर्ने झन्डै एक सय व्यक्तिहरुको सहभागिता रहने आयोजक संस्था नेपाल हस्ताकाला उद्यमी संघ काठमाडौंका अध्यक्ष मीरा भट्टराईले जानकारी दिनुभयो।