• शनिबार, १५ बैशाख, २०८१
  • १२:५०:५२

मोवाइलको अत्याधिक प्रयोग,स्वास्थ्यका लागि घातक  

  • Netizen Nepal
  • मंगलबार, ११ असोज, २०७९- १६:१४:००/ Tuesday 09-27-22

नेटिजन संवाददाता 
काठमाडौँ, ११ असोज । पछिल्लो समय धेरैमा मोवाइल फोनको लत लागेको छ । अझ कोभिड संक्रमणपछि बालबालिकामा यसको लतले विभिन्न किसिमका मानशिक समस्यासमेत उत्पन्न हुन थालेको छ । नेपालका ९० प्रतिशत मानिसमा मोवाइल फोनको पहुँच रहेको बताइएको छ । विज्ञान र प्रविधिको युगमा मोवाइल फोनको प्रयोगले सुविधा त धेरै दिएको छ तर यसको गलत प्रयोगले उत्पन्न हुने समस्या पनि त्यत्तिकै छ ।  

अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन् । अध्यययनका अनुसार मानिसले फोनमा दुई मिनेट कुरा गर्दा मस्तिष्कको प्राकृतिक विद्युतीय गतिविधि एक घण्टासम्म प्रभावित हुन्छ ।  

मोवाइल फोनको प्रभाव कम गर्न के गर्नुपर्छ ? 

(१) मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुपर्छ । बालबालिकाको तालु पातलो हुने हुँदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिष्क क्यान्सरको संभावना बढाउछ ।

(२) पन्ध्र वर्ष भन्दा कम उमेरका बालबलिकाले मोबाइल फोन चलाउनु हुँदैन किनभने उनीहरुको विकसित मस्तिष्कमा रेडियसनको धेरै नै नराम्रो प्रभाव पर्छ । क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर हो र त्यसो हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग देखिएको अनुसन्धानले बताउँछ ।  

(३) यूकेको एक अध्ययनअनुसार बिहान उठ्ने बित्तिकै मोवाइल फोन प्रयोग गर्ने बानीले तनाब तथा चिन्ता बढ्ने हुन्छ । मानसिक रूपमा हुने यस्ता तनावले व्यक्तिको खुशी हराउँदै जान सक्ने खतरा हुन्छ ।

(४) मोवाइल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नु पर्दछ साथै कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नु राम्रो हुन्छ । किनकि यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।

(५) मोवाइल फोनलाई पाइन्टको खल्तीमा सकेसम्म राख्नु हुँदैन यसले मानिसको प्रजनन् क्षमता घटाउछ । मोबाइललाइ मुटु नजिक पनि राख्नु हुँदैन यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।

(६) राति अबेरसम्म पनि निद्रा नलाग्नुको एउटा कारण मोवाइल पनि हो । मोवाइल स्क्रिनबाट निस्कने प्रकाशका कारण स्लीप हार्मोन मेलाटोनिन् प्रभावित हुन्छ । यस हार्मोनमा पर्ने असरले ठीक तरिकाले निद्रा लाग्दैन ।

(७) इयरफोन, हेडसेटको प्रयोग गर्नु राम्रो होइन किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोवाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

(८) गर्भवती महिलाले मोवाइल फोनको प्रयोग गर्नु राम्रो होइन । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्छ ।