• आइतबार, ११ मङ्सिर, २०७९
  • ११:५६:३५

द्वन्द्व र जलवायु परिवर्तनका कारण खाद्य सङ्कट

  • Netizen Nepal
  • बिहीबार, १३ असोज, २०७९- १५:२८:००/ Thursday 09-29-22

नेटिजन संवाददाता 
काठमाडौँ, १३ असोज । विश्व खाद्य संगठनले विश्वमा हालैका दिनमा बढ्दै गएको द्वन्द्व तथा विश्वमा सङ्कटपूर्ण रुपमा देखिँदै आएको जलवायु परिवर्तनका कारण विश्वमा खाद्य सङ्कट बढ्दै गएको पाइएको छ । विश्वमा अहिलेका तुलनामा आगामी दिनहरुमा खाद्यान्नको सङ्कट बढ्दै जाने देखिएको चेतावनी सो संगठनले बुधबार दिएको हो । 
 
विश्वमा अहिले खाद्यान्न सङ्कटको समस्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । त्यसका विभिन्न कारणहरु छन् । तीमध्ये विश्वका विभिन्न देशमा जारी रहेको आन्तरिक द्वन्द्व र जलवायु परिवर्तन पनि कारक रहेको सो संगठनले जनाएको हो । 

विश्व खाद्य सङ्गठनका महानिर्देशक क्यु दोङ्युले सो कुरा बताउनुभएको हो । उहाँले यसअघि पनि विश्वका विभिन्न देशहरुमा जारी रहेको आन्तरिक द्वन्द्व खाद्य सङ्कटको कारक रहेकामा अहिले त्यसमा फेरि रुस र युक्रेन थपिएको बताउनुभयो । 
 
उहाँले रुस र युक्रेनको युद्धले गर्दा विश्वमा खाद्यान्न सङ्कट बढ्दै गएको बताउनुभयो । यी दुई देशका युद्धका कारण विश्वमा अन्य देशहरुमा खाद्यान्न आपूर्ति तथा उत्पादनकै क्षेत्रमा पनि सङ्कट बढेको बताउनुभएको हो ।