• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:३९:४८

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्कने

  • Netizen Nepal
  • शनिबार, १५ असोज, २०७९- ११:५०:००/ Saturday 10-01-22

नेटिजन संवाददाता 
काठमाडौँ, १५ असोज । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किने भएका छन् । शनिबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले आफूविरुद्ध लगाइएको गलत आरोपको कानुनी सामना गर्न अक्टोबर ६ मा नेपाल फर्किने बताउनुभएको हो ।  

न्याय प्रणालीमा पूर्ण विश्वास रहेको उल्लेख गर्दै उहाँले आफू निर्दोष सावित हुने स्ट्याटसमा दाबी गर्नुभएको छ । आफू अश्वाभाविक अवस्थाबाट गुज्रिएको भएपनि अहिले 'निको' भएको बताउंदै आफूविरुद्ध लगाइएका गलत आरोपहरु पर्दाफास हुने बताउनुभएको छ ।

१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसको दुई दिनपछि भदौ २३ मा नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई कप्तानबाट निलम्बन गरेको थियो । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।