• मंगलबार, ४ बैशाख, २०८१
  • ११:४८:३१

घन्टी फूलले जगाएको आशा !

  • Netizen Nepal
  • मंगलबार, ६ मङ्सिर, २०७९- १६:५५:००/ Tuesday 11-22-22

उत्तम विचार भेटुवाल
झन्डै तीन सय वर्ष कल्की(श्रीपेचधारी) फूलको शासन रहेको नेपाली बगैँचामा फूलहरू आन्दोलित भए र नयाँ व्यवस्था स्थापित गराए । सयपत्री, सूर्यमुखी,मखमली, गोदावरी, बेली चमेली, लाली गुराँस, लालुपातेदेखी भुइँचम्पासम्म सबैको सहभागितामुलक शासन व्यावस्था स्थापित गराउने अभियानमा कयौँ फूलहरू किचिएर थिचिएर मरे अझ कति कोपिलामै झर्न बाध्य पारिए । 
       
बगैँचाको बागडोर पटक-पटक संहालेको सयपत्री र मखमली फूलका मालीहरूमा सत्ताको माँत यतिसम्म चढ्यो कि उनिहरूले आफ्ना दल र प्रजाती बाहेकका फूलहरूलाई रत्तिभर गन्दै गनेनन् । भ्रष्टाचार यतिसम्म मौलायो कि त्यस्को दुर्गान्ध यत्रतत्र सर्वत्र फैलिएर बस्नै नसकिने हुन थाल्यो । सिङ्गो बगँचा(नेपाल राष्ट्र)श्रीलङ्का हुने भासमा धकेलिँदै गयो तर पनि शासनको बागडोर सम्हालेका सयपत्री र मखमलीहरू एक आर्कामा गाली गलौज गर्न र आरोप प्रत्यारोप लगाउनमै व्यस्त भेटिए । 
 
भनिन्छ, हरेक कुराको परीक्षा आउँछ । अहिले नेपाल नामको बगैँचामा अबको शासनको बागडोर कस्ले सम्हाल्ने भन्ने परीक्षामूलक निर्वाचन हुँदैछ । यस आम निर्वाचन सम्पन्न हुँदै गर्दा बगैँचामा अबको निर्णयक शक्ति बनेर फक्रिने बाचा सहित आएका छन् लौरी फूल र घन्टी फूलहरू । 

भ्रष्टाचार रहित विकासको सुगन्ध बोकेर उम्रिएको घन्टी फूललाई निर्वाचनमा सहभागी अन्य फूलहरूले सहृदय स्वागत गरेका छन् । आशा छ, यो फूल ओइलाउने छैन । बरू सदावहार बनेर नेपाली बगैँचामा फुलिरहनेछ । 

यो समसामयिक आलेख तयार पार्दै गर्दा अबको गीत यस्तो हुनुपर्छ भन्ने लागेको छ । 

ठुला भनौँदा दलको गीत 
***  
घन्टी फूल, घन्टी फूल  
पार्‍यौ रनभुल 
तिमीतिरै देखिँदै छ 
जनताका हुल । 

जनताको गीत । 
*** 
घन्टी फूल घन्टी फूल  
गर्नै हुन्न भुल 
जता तिमी त्यतै फुट्छ 
विकासको मूल ।