• शनिबार, १५ बैशाख, २०८१
  • ०३:२५:१२

प्रतिनिधिसभा समानुपातिकतर्फ कुन दलको कति ?    

  • Netizen Nepal
  • बुधबार, ७ मङ्सिर, २०७९- ०६:२१:००/ Wednesday 11-23-22

    नेटिजन संवाददाता 

काठमाडौँ, ७ मङ्सिर।  प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा ९एमाले० पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र रास्वपाको ८६ हजार २४ मत रहेको छ ।    
    
समानुपातिकतर्फको मतगणनामा नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जनता समाजवादी पार्टी ९जसपा० लगायत दलहरू रास्वपाभन्दा पछाडि छन् । निर्वाचन आयोगका अनुसार माओवादी केन्द्र ८० हजार दुई सय मतसहित चौथो र राप्रपा ४५ हजार पाँच सय ९६ मतसहित पाँचौँ स्थानमा छ ।    
    

त्यस्तै छैटौँ स्थानमा रहेको जनमत पार्टीले समानुपातिकतर्फ १४ हजार तीन सय ७८ मत पाएको छ । सातौँ स्थानको जसपाले १३ हजार नौ सय ७९, आठौँ स्थानको नेपाल मजदुर किसान पार्टीले १० हजार नौ सय ५९ र नवौँ स्थानको एकीकृत समाजवादीले १० हजार ५९ मत पाएको छ । नौ हजार चार सय १० मतसहित नागरिक उन्मुक्ति पार्टी समानुपातिकतर्फको मतगणनामा दशौँ स्थानमा छ ।