• आइतबार, ११ मङ्सिर, २०७९
  • १०:३२:०४

झापा–४ मा एमालेका साँवा विजयी

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १३:४४:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर । झापा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेद्वार लालप्रसाद (एलपी) साँवा लिम्बु विजयी हुनुभएको छ । उहाँले २९ हजार तीन सय १५ मत प्राप्त गरेर विजयी बन्नुभएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताउनुभयो । 

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ । साँवाले विसं २०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बन्नुभएको थियो ।

यसैगरी घण्टी चुनाव चिह्नका शम्भुप्रसाद ढकालले १४ हजार ६९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको भनाइ छ । एक लाख २३ हजार एक सय २४ मतदाता रहेको यस क्षेत्रमा ७९ हजार चार सय ८३ मतदाताले मतदान गरेका थिए । जसमा चार हजार छ सय ४७ मत बदर छ ।