• शनिबार, १५ बैशाख, २०८१
  • ०६:१५:५१

धादिङ क्षेत्र नं २ बाट रामनाथ अधिकारी निर्वाचित

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १५:४५:००/ Thursday 11-24-22

नेटिजन संवाददाता

काठमाडौँ, ८ मङ्सिर। धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गर्नुभयो । दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ ।

धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।