• बुधबार, १२ बैशाख, २०८१
  • ०४:१८:३१

सुरेन्द्र पाण्डेलाई हराउँदै चितवन १ बाट रास्वपाका हरि ढकाल निर्वाचित

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १६:१२:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 
काठमाडौँ, ८ मङ्सिर। चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो ।

ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार नौ सय नौ मत प्राप्त गर्नुभयो ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

उक्त क्षेत्रको प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी हुनुभएको छ । थपलियाले १७ हजार छ सय ८८ र नेपाली कांग्रेसका किरणभूषण ओलीले १० हजार सात सय १२ मत पाउनुभएको थियो । यस प्रदेशमा ४३ हजार आठ सय ३६ मत खसेको थियो ।

यस क्षेत्रको प्रदेशसभा २ मा नेकपा (एकिकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार पाँच सय सात मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनालले १४ हजार सात सय ६८ मत प्राप्त गर्नुभएको थियो । यस प्रदेशमा ५१ हजार एक सय ३६ मत खसेको आयोगले जनाएको छ ।