• बिहीबार, ११ पौष, २०८१
  • ०४:१९:४६

महिलाहरु किन आफुभन्दा पाको जीवनसाथी चाहन्छन् ? 

काठमाडौँ । सामान्यतया हाम्रो समाजमा विवाहित जोडीहरुमध्ये पुरुषको भन्दा महिलाको उमेर कम हुन्छ ।  फेरि प्राय: महिलाको रोजाईमा पनि आफुभन्दा थोरै जेठो उमेरको केटा होस् भन्ने हुन्छ । पुरातनवादी सोच तथा समाजको मूल्यमान्यताका कारण पनि यस्तो भएको हुनसक्छ । अन्य विभिन्न कारणहरु पनि छन्, जसले गर्दा महिला आफुभन्दा पाको उमेरका जीवनसाथी चाहान्छन् ।  


सुरक्षित महसुस 

केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । खासमा पाको उमेरका पुरुषसँग उनीहरुलाई सुरक्षित महसुस हुन्छ । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वासिला पनि हुन्छन् । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

समझदारी

महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ महिलामा हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई तारिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष मन पर्छ । 

दुनियाँको ज्ञान

पाको उमेरका पुरुषमा बाहिरी दुनियाँको ज्ञान बढि हुन्छ । आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस् भन्ने चाहन्छन् ।

शान्ति महसुस

महिलाहरु छिटो आत्तिने र रिसाइरहने हुन्छन् । साना साना कुरामा पनि आत्तिनु र रिसाइहाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको सहयोग महिलाहरु चाहान्छन् । आफूलाई मानसिक रुपमा सम्हाल्न सक्ने र ढाडस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउने चाहाना महिलाहरुको हुन्छ ।

धोका नदिने

कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धोका दिने खतरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटेसम्म अन्य केटीहरुलाई हेरि हाल्ने डर महिलामा हुन्छ । उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् । 

अनुभवी

महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन्, आफ्नो पार्टनर यस्तो होस् जसमाथि हरेक कुरामा विश्वास गर्न सकियोस् ।