• शुक्रबार, ७ बैशाख, २०८१
  • ०८:४८:०१

५० हजार वर्षपछि हरियो पुच्छ्रेतारा पृथ्वीबाट देखिने 

  • Netizen Nepal
  • शुक्रबार, २९ पौष, २०७९- १०:३८:००/ Friday 01-13-23

नेटिजन संवाददता 
काठमाडौँ, २९ पुष । दुर्लभ हरियो पुच्छ्रेतारा आजदेखि पृथ्वीबाट सहजै देख्न सकिने भएको छ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको खगोलविद्ले बताएका छन् ।

आजदेखि झण्डै एक महिनासम्म हरियो पुच्छ्रेतारालाई नेपालबाट पनि हेर्न सकिनेछ । यो पुच्छ्रेतारा  निकै  चिसो  हिउँको  डल्लो  हो । यो सूर्य नजिक आउँदा वाष्पीकरण हुन्छ र निकै लामो मुस्लो निस्कन्छ ।

मुस्लो हरियो रङको पुच्छर आकारको देखिने भएकाले हरियो पुच्छ्रेतारा भनिएको हो । नेपालबाट  यो  दुर्लभ  पुच्छ्रेतारालाई  ध्रुवताराको नजिकै एउटा टाउको र दुईवटा लामा र छोटा गरी तीनवटा पुच्छरका रूपमा देखिनेछ । यो पुच्छ्रेताराको अवलोकन नाङ्गो आँखाका साथै वाइनाकुलर तथा टेलिस्कोपबाट समेत गर्न सकिन्छ ।