• शुक्रबार, ७ बैशाख, २०८१
  • ०६:५४:४३

९३ औँ जन्मदिनमा अन्तरिक्षयात्रीको बिहे

  • Netizen Nepal
  • आइतबार, ८ माघ, २०७९- १७:२९:००/ Sunday 01-22-23

नेटिजन संवाददाता

काठमाडौँ, ८ माघ। अन्तरिक्षयात्री एड्विन एल्डरिनले आफ्नो ९३औँ जन्मदिनमा पुरानी प्रेमीका डा अन्का भी फौरसँग विवाह गर्नुभएको छ ।

सानो पारिवारिक जमघटका बीच आफूले लगनगाँठो कसेको एल्डरिनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो । गत शुक्रबार उहाँले विवाह गर्नुभएको हो । शनिबारसम्ममा ५३ हजारले उहाँको ‘स्टेटस ’ लाई मनपराएर ‘लाइक’ र ‘लभ’ सङ्केत प्राप्त भएको थियो भने धेरैले नवदम्पतिको तस्बिर ‘पोष्ट’ गरेका थिए । प्रेमीप्रेमिका भाग्ने उमेरका युवायुवतीजस्तै आफूहरू आल्हादित भएको उहाँले उल्लेख गर्नुभएको छ ।

अन्तरिक्षयात्री निल आर्मस्टङसँगै एपोलो ११ मा चद्रयात्रा गर्नुभएका एल्डरिनले सन् १९६९ को जुलाई २० मा  आर्मस्टङसँगै चद्रमाको सतहमा पाइला राख्नुभएको थियो । चन्द्रमामा मानव पुर्याएर  सुरक्षितरूपमा उनीहरूलाई पृथ्वीमा फर्काउने तत्कालीन राष्ट्रपति जोन एफ् केनेडीको वाचा उहाँहरूले पूरा गर्नुभएको हो ।