• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:५०:३३

सुनचाँदीकै मूल्य बढ्यो

  • Netizen Nepal
  • सोमबार, ९ माघ, २०७९- ११:३८:००/ Monday 01-23-23

नेटिजन संवाददाता
काठमाडौँ, ९ माघ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख पाँच हजार तीन सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार पाँच सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा पाँच रुपैंयाले बढेर प्रतितोला रु एक हजार तीन सय ८० कायम रहेको महासङ्घले जनाएको छ ।