• शुक्रबार, २० असार, २०८२
  • ०९:५७:३९

कोरियाको अनुभवमा मासुजन्य व्यवसाय

काठमाडौं । सर्वप्रथम रोजगार अनुमति प्रणाली( ई.पि.एस )बाट काम गर्ने अवसर दिनु भएकोमा दक्षिण कोरियामा रहनु भएका साहुजी लगायत सम्पूर्ण सहपाठी मित्रहरुमा मनै देखि आभार र नमन ब्यक्त गर्न चाहान्छु ।

ई.पि.एस प्रणालि मार्फत सन् २००८ पहिलो वर्षमानै दक्षिण कोरियामा काम गरेर राम्रो आर्ज गर्ने अवसर प्राप्त भयो। कोरियाको रोजगारीले जिन्दगीको सुनौलो भविष्यको शुरु भएको हो। विगतमा कोरियाको बारेमा थोरै सुनेको थिए र टेलिभिजनमा देखेको मात्र थिए तर वास्तबमानै कोरिया पाईला टेक्दा धेरै फरक अनुभूती रह्यो। 

नेपालमा पनि मासुजन्य पदार्थको ठूलो खपत छ भन्ने थाहा थियो तर मासुजन्य बस्तु विक्रिगर्ने पसल व्यवस्थित छैन भन्ने लागेको हुँदा त्यहि व्यवसाय सम्वन्धी उद्योगमा रोजगार गरी भविष्यमा कोरियामा जस्तै मासु जन्य व्यवसाय गर्ने योजनाका साथ काम गर्न शुरुवात गरें। नेपालमा फर्किएर कोरियामा जस्तै मासुजन्य पदार्थ ग्राहकका लागि पस्कने छ भन्ने अठोट लिएर काम गर्ने अवधिभर सबै विषय वस्तुको गहन अध्ययन गरें।

 

शुरुका दिनहरुमा भाषा, संस्कृती, रहन सहनको कारणले गर्दा केहि असहज भएता पनि कम्पनीका मालिक तथा साहुनीको सहयोगले १० वर्ष वितेको पत्तै भएन्। पहिलो एक वर्ष सम्म छाला प्रसोधन कम्पनिमा काम विताएर बोरेयङ् स्थित दोङवाङ मेडिकेयर कम्पनिमा काम गर्ने अवसर पाएं।

त्यस कम्पनी प्लनस्टिक जन्य सामाग्री उत्पादन गर्ने कम्पनि थियो र त्यस कम्पनिमा काम गर्न थाले पछि नेपालमा पनि प्लास्टिकका सामान उत्पादन गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो।कम्पनिमा काम गर्दै गर्दा काम गर्ने संस्कार लगायत धेरै विषयमा सिक्ने मौका पाएं।त्यतिबेला संगै काम गर्नुहुने सुपरभाईजरको माया तथा सदभाव पिताजीको जस्तै लाग्थ्यो। उहांबाट जिवन जिउन आवश्यक धेरै उपयोगी विषयहरु सिक्ने अवसर प्राप्त भयो।

नेपालमानै उत्पादन हुने र साधारण मानिसले उपभोग गर्ने मासु जन्य व्यवसाय गर्नका लागि अनुभव लिन चाहना बमोजिमनै विकसित राष्ट्र कोरिया दोश्रो कार्यकालका लागि पनि जाने अवसर मिल्यो। भाग्यवस दोश्रो कार्यकालका लागि विगतमा काम गरेको कम्पनीबाटनै बोलावट भयो।

दोश्रो कार्यकालका लागि कोरिया गए पश्चात भविष्यमा नेपालमा फर्किएर उपयोगमा आउने सीप सिक्ने चाहना भएकोले पारिवारिक सम्वन्ध स्थापना भएको कम्पनीका सहपाठीलाई जानकारी गराएर उहांकै सल्लाह अनुसार नयां कम्पनीको खोजिमा लागें।

नेपाल फर्किए पश्चात व्यवसायको रुपमा कोरियामा जस्तै सफा सुग्घर मासु प्रसोधन तथा विक्रि गर्न सकिने बारेमा मलाई स्वविश्वास थियो। नेपालमा पनि मासुजन्य पदार्थको ठूलो खपत छ भन्ने थाहा थियो तर मासुजन्य बस्तु विक्रिगर्ने पसल व्यवस्थित छैन भन्ने लागेको हुँदा त्यहि व्यवसाय सम्वन्धी उद्योगमा रोजगार गरी भविष्यमा कोरियामा जस्तै मासु जन्य व्यवसाय गर्ने योजनाका साथ काम गर्न शुरुवात गरें। नेपालमा फर्किएर कोरियामा जस्तै मासुजन्य पदार्थ ग्राहकका लागि पस्कने छ भन्ने अठोट लिएर काम गर्ने अवधिभर सबै विषय वस्तुको गहन अध्ययन गरें।

कोरियामा सन् २००९ देखि २०२० सम्म मासु प्रशोधन कम्पनीमा काम गरेका दुई जना र अन्य क्षेत्रमा काम गरेर फर्किएका एक जनासहित तीन जना मिलेर ललितपुर जिल्लामा मासु प्रशोधन तथा बिक्री व्यवसाय सञ्चालन गरिरहेका छौं। 

 मेरो बुझाईमा सबै किसिमका व्यवसाय सफल हुनका लागि बजारले महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा बजारको माग धेरै हुँदा पनि स्वदेशमा उत्पादनको कमीले गर्दा विदेशबाट मासुजन्य वस्तु आयत गरि व्यवसाय गर्नुपर्ने वाध्यता रहेको छ। नेपालमानै गुणस्तरमा ध्यान दिएर आधुनिक कृषिजन्य व्यवसायमा लगानी गर्दा सम्भावनाहरु धेरै छन। नेपालमा व्यवसाय गर्नका लागि चुनौती पनि छन तथापी अवसरहरु धेरै छन ।

 

सन्२०२० मा स्वदेश फर्किएर २०२१ बाट कोरियाको अनुभव नेपालमा लागु गर्दै उद्यम सुरु गरेका छैं। कोरियामा व्यवस्थित रूपमा वध गर्ने प्रविधि र यससँग सम्बन्धित अन्य प्रशिक्षण लिएर दक्षता हासिल गरेको अनुभव अनुसार व्यवसाय सञ्चालमा रहेको छ। कोरियामा मासु प्रशोधन केन्द्रमा सरसफाइ लगायत गुणस्तरमा जोड दिइएको देखेकाले मलान सोही कुरा लागू गरिरहेका छौं।

यस व्यवसाय शुरुवात गर्नुको प्रेरणा कोरियामा सिकेका मासु प्रशोधन विधि नेपालमा लागू गरी गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यअनुसार भएको हो। कोरियामा सँगै काम गरी स्वदेश फर्किएका साथी सहित तीन समान समान रूपमा संयुक्त लगानी गरी व्यवसायमा दक्षताअनुसार कार्यभार सम्हालेर काम गर्दा आफ्नो स्टार्टअपले सफलताको शिखर चुमिरहेको छ।

हान्गुख मिट मार्टले कोरियाबाट स्वदेश फर्किएका कामदारले सञ्चालन गरेका व्यवस्थित र उच्च गुणस्तरका बंगुर फार्मबाट बंगुर खरिद गरेर प्रशोधन गरी बिक्री व्यवस्थापन गर्दै आएको छ। यस व्यवसाय मार्फत आफ्नै स्टार्टअप इकोसिस्टम सिर्जना गर्नका लागि मासु प्रशोधन केन्द्र
, मिनी कोरियाली भोजनालय लगायतमा २५ जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रूपमा रोजगारी दिएका छौं।

त्यसैगरी, कोरियाबाट फर्किएर स(साना बंगुर फार्म संज्ञालन गरिरहेका झन्डै २० वटा फार्म मालिकहरूसँग प्रत्यक्ष रूपमा साझेदारी गरिरहेका छौं। कोरियाको अनुभव भएका व्यवसायी मार्फत, स्वच्छतासहित स्थिर मस्तरको मासुजन्य परिकार बजारमा आपूर्ति गरेको अवस्था छ। पाँच वर्षअघि ललितपुरको भैंसेपाटीमा व्यवसाय थालनी गरेर यहि वर्ष सन् २०२५ अप्रिल ८ तारिखमा नाविक केन्द्र सञ्चालमा आएको छ।

निकट भविष्यमा ठमेलमा थप बिक्री केन्द्र खोल्ने योजना पनि रहेको छ । सामान्य बजार मूल्यभन्दा मासुको मूल्य यहाँ अलि महँगो भएता पनि मासुको गुणस्तर र सरसफाइलगायत विश्वासका कारण धेरै उपभोक्ता यसप्रति आकर्षित भइरहेका छन्। कोरियामा हामीसँगै काम गरेका मासु प्रशोधन व्यवसायी नेपाल आएर ठूलो हौसला र प्रोत्साहन हुने गरेका छन्। कोरियामा रहनु भएका हान्गुख सो व्यवसायमा सञ्चालन गरिरहनु भएका साहुजीबाट मासुजन्य बस्तु प्रशोधका लागि आवश्यक मेसिनहरु उपलव्ध गराएर सहयोग मिल्यो।

हामीलाई कोरियाबाट प्राप्त सदभाव र माया आजिवन विर्सने छैनौं। व्यवसाय शुरुवात गर्दा नेपालमा पोर्क पसलको लागी स्थान पाउनका लागि पनि सहज थिएन् । खोज्ने क्रममा एक ठाउँ भेटेर एउटा फ्रिज किनेर व्यबसाय शुरुवात गनेको याद ताजै छ। पहिलो दिन १ किलो बंगुरको मासु लिएर डेलिभरी गर्न जाँदा धेरै खुशी लागेको थियो।

आज हाम्रो पसलबाट नेपालमा रहनु भएका कोरियन, जापनिज, थाईलेण्ड र अन्य विदेशि नागरिक तथा नेपालीलाई स्वस्थ मासु उपलव्ध गराउन पाउँदा खुसि मिलेको छ। नेपालमा बंगुरको मासुको खपत धेरै रहेको छ र उपभोग गर्ने मानिसहरुको संख्या पनि बढिरहेको छ। कोरियामा काम गरेको अनुभव भएका व्यक्ति र आश्रित परिवारका सदस्यलाई कोरियाको संस्कृतीको प्रभावका कारण कोरिया प्रतिको सदभावले पानि कोरियाको जस्तै भोजनका लागि नेपालीहरु प्रति रुचि बढि भएको लाग्दछ।

सफलताको सूत्रः

हान्गुख मिटमार्टले स्वस्थकर मासु प्रशोधन तथा वितरणका लागि कोरियाबाटनै मेसिन आयात गरी मासुजन्य परिकारको गुणस्तर कायम राख्ख ध्यान दिनुका साथै पशुपालन क्षेत्रमा अनुभव भएका कृषकहरुको समुहबाट मात्र मासु प्रयोग गर्नुका साथै बजारको माग अनुसार मासुजन्य उत्पादन सहज रुपमा उपलवध गराउन सक्नुनै सफलताको आधार बन्यो।  

नेपालबाट रोजगारीका लागि विभिन्न मुलुकमा गएका जादुभाई दिदि बहिनीहरु नेपालमा फर्किए पश्चात विदेशमा सिकेको सीप र अनुभवले नेपालमा स(साना व्यवसायको शुरुवात गर्न सक्नेछन। देशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि कृषिजन्य व्यवसायले ठूलो भूमिका खेल्न सक्छ। लाखौं नेपाली जनतालाई कोरियाले आर्थिक रुपमा सवल बनायो। कोरिया प्रति सदा उच्च सम्मान गर्दछु।

 

नेपाल कृषि प्रधान देश हो तर परम्परागत तथा निर्वाहमुखी कृषि व्यवसायबाट मात्र जिविकोपार्जन गर्न सहज छैन। मेरो बुझाईमा सबै किसिमका व्यवसाय सफल हुनका लागि बजारले महत्वपूर्ण भूमिका खेल्छ। नेपालमा बजारको माग धेरै हुँदा पनि स्वदेशमा उत्पादनको कमीले गर्दा विदेशबाट मासुजन्य वस्तु आयत गरि व्यवसाय गर्नुपर्ने वाध्यता रहेको छ। नेपालमानै गुणस्तरमा ध्यान दिएर आधुनिक कृषिजन्य व्यवसायमा लगानी गर्दा सम्भावनाहरु धेरै छन। नेपालमा व्यवसाय गर्नका लागि चुनौती पनि छन तथापी अवसरहरु धेरै छन ।

हाम्रा कृषकहरुले गरेको उत्पादनको गुणस्तर राम्रो भएमा स्वदेश तथा विदेशमा पनि राम्रो बजार र माग हुने अवस्था छ। भविष्यमा मासुजन्य उद्योग व्यवसाय गर्नका लागि आवश्यक सीप पनि सिकिरेहेका छन्। हाम्रो सोचाई धेरै व्यक्तिले यस व्यवसायको माध्यमबाट रोजगारी सिर्जना होस भन्ने रहेको छ। हामीसँग जोडिएका बंगुर पालक कृषकका परिवारले रोजगारका साथसाथै सजिलै जिविकोपार्जन गरिरहेका छन्।

केरियामा हुुँदा हामिले देखेका स(साना कृषि उद्योगहरु नेपालमा गर्न सकेमा धैरेले रोजगारी पाएर आर्थिक रुपमा सवल हुने थियौं भन्ने लाग्छ। हामी जस्ता विदेशबाट र फर्किएर आफुले सिकेका सीप र पुँजी लगानी गरेमा देशमा उत्पादन बृद्धि हुने तथा उत्पादित बस्तुको स्वदेशमानै खपथ भएर केहि हद सम्म आयातको नियन्त्रण गर्न सकिने थियो।

नेपालबाट रोजगारीका लागि विभिन्न मुलुकमा गएका जादुभाई दिदि बहिनीहरु नेपालमा फर्किए पश्चात विदेशमा सिकेको सीप र अनुभवले नेपालमा स(साना व्यवसायको शुरुवात गर्न सक्नेछन। देशलाई आर्थिक रुपमा समृद्ध बनाउनका लागि कृषिजन्य व्यवसायले ठूलो भूमिका खेल्न सक्छ। लाखौं नेपाली जनतालाई कोरियाले आर्थिक रुपमा सवल बनायो। कोरिया प्रति सदा उच्च सम्मान गर्दछु।(शिव प्रसाद पोखरेलद्वारा लिखित् कोरियाको अनुभवमा आधारित सफलताका कथाहरु तपाई पनि मालिक बन्न सक्नुहुन्छ नामक पुस्तकबाट साभार) ।