• शनिबार, १५ बैशाख, २०८१
  • ०७:३६:४१

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?-   

  • Netizen Nepal
  • बुधबार, १८ माघ, २०७९- ११:३७:००/ Wednesday 02-01-23

नेटिजन संवाददाता
काठमाडौँ, १८ माघ। नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले बढेको छ ।

अघिल्लो दिन प्रतितोला रू १ लाख ५ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ६ हजार ३ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू १ लाख ५ हजार ८ सय छ । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा ५ रुपैंयाले बढेर प्रतितोला रू १३ सय ७० कायम रहेको महासङ्घले जनाएको छ ।