• शुक्रबार, १४ बैशाख, २०८१
  • ०६:५६:१०

आजको मौसम: तराईमा हुस्सु, अन्य ठाउँमा सफा 

  • Netizen Nepal
  • शुक्रबार, २० माघ, २०७९- ०७:४२:००/ Friday 02-03-23

नेटिजन संवाददाता
काठमाडौँ, २० माघ । बिहानैदेखि तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । बिहानीपखको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

तराईमा हुस्सु कुहिरो बाहेक देशभरको मौसम सफा रहेको महाशाखाले जनाएको छ। यद्यपी पहाडी केही भूभागमा आंशिक बदली रहने छ। महाशाखाले तीन दिने मौसम पूर्वानुमान जारी गर्दै देशभरको मौसम प्राय: सफा रहने जनाएको छ।

यस्तो छ मौसमको पूर्वानुमान
२०७९ माघ २० गते (शुक्रबार)
दिउँसोː
 प्रदेश नं. १ र गण्डकी  प्रदेशका भू-भागहरूमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।
रातिː  प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

२०७९ माघ २१ गते (शनिबार)
दिउँसोː
 प्रदेश नं. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।
रातिː  प्रदेश नं. १, गण्डकी  प्रदेश, र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ।

२०७९ माघ २२ गते (आइतबार)
दिउँसोː
 प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।
रातिː  देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा  मौसम सामान्यतया सफा रहनेछ ।