• मंगलबार, १८ बैशाख, २०८१
  • ०४:४१:०६

कस्तो छ पश्चिमी र स्थानीय वायुको प्रभाव?

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसमविज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका १-२ स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र  सुदू्रपश्चिम प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । ती प्रदेशका हिमाली उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिउँ पर्ने महाशाखाको पूर्वानुमान छ । 

कोशी प्रदेशको पहाडी क्षेत्रका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका १-२ स्थानमा चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका १-२ स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।