• शुक्रबार, १४ बैशाख, २०८१
  • ०९:१३:५१

मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीको आग्रह

  • Netizen Nepal
  • शनिबार, २१ माघ, २०७९- ०७:१९:००/ Saturday 02-04-23

नेटिजन संवाददता 
काठमाडौँ, २१ माघ । मोबाइलमा आउने शङ्कास्पद एप्लिकेशन नखोल्न प्रहरीले आग्रह गरेको छ । अपरिचित नम्बरहरुबाट आउने म्यासेज पत्याएर शङ्कास्पद एप्लिकेशन खोल्दा बैंक खाताको रकम गुमेको घटना सार्वजनिक भएपछि प्रहरीले यस्तो अनुरोध गरेको छ ।

अपरिचित नम्बरमा ‘नेपाली गर्ल’ नामको एपमार्फत् कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर हिजो सार्वजनिक गरेको छ । एप इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।

ह्वाट्सएपमार्फत् एपको लिङ्क पठाउने र लिङ्क खोल्नसाथ मोबाइलमा एप डाउनलोड भएर मोबाइलमा रहेका विवरणहरु उनीहरुको पहुँचमा पुग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । त्यसैले शङ्कास्पद एप्लिकेशन नखोल्न ललितपुर प्रहरीले अनुरोध गरेको छ ।