• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:४८:२१

चट्याङ लागेर एक जनाको मृत्यु

  • Netizen Nepal
  • शुक्रबार, १९ फाल्गुण, २०७९- ११:१३:००/ Friday 03-03-23

नेटिजन संवाददाता
काठमाडौँ, १९ फागुन। भोजपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भोजपुरको षडानन्द नगरपालिका वडा नं १२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।       

सामान्य हावाहुरी र बर्षातसँगै परेको चट्याङ्ले गम्भीर घाइते भएका स्थानीय नारायण भुजेलका छोरा सरोजलाई उपचारका लागि सङ्खुवासभाको तुम्लिङटार स्थित मनकामना हस्पिटल लगिएकोमा उनको मृत्यु भएको डिएसपी क्षेत्रीले जानकारी दिनुभयो ।                                           

चट्याङले सोही ठाउँका २५ वर्षका प्रदिप भुजेल घाइते भएका छन् । घाइते भएका भुजेललाई थप उपचारको लागि खाँदवारी लगिएको छ ।