वृषभानुको चिनो जनकपुरको नौलखा मन्दिर
-
नेटिजन संवाददाता
- आइतबार, २२ असार, २०८२- १५:३५:००/ Sunday 07-06-25

काठमाडौं । भारतको मध्य प्रदेशको ओच्र्छा राज्यका महाराजा महेन्द्रप्रताप सिंह र महारानी वृषभानु कुँवरका कुनै सन्तान थिएनन् । गुरुको आज्ञाले वृषभानुले इसं १८९६ मा सीताको मन्दिर जनकपुरमा निर्माण गर्ने सङ्कल्प लिए ।
सङ्कल्प लिएको एक वर्षमै पुत्रलाभ भएपछि सङ्कल्प पूरा गर्न वृषभानुले जनकपुरमा मन्दिर निर्माण कार्य अघि बढाए तर निर्माण पूरा नहुँदै वृषभानुको निधन भयो । निधनपछि बहिनी नरेन्द्र कुँवरले मन्दिर निर्माण कार्यलाई पूर्णता दिए । विसं १९६६ मा जानकी मन्दिरको निर्माण कार्य पूरा भयो । पछि महाराजा महेन्द्रप्रतापले तिनै नरेन्द्र कुँवरसँग विवाह गरेका थिए ।
जनकपुरको जानकी मन्दिरको जुन दृश्य अहिले देख्न सकिन्छ, त्यो तिनै वृषभानुको चिनो हो । स्थापत्य शैलीको यो मन्दिर मुगल र राजपूत शैलीको सम्मिश्रण हो । मन्दिर निर्माण गर्न नौ लाख रुपियाँ खर्च लागेकाले निर्माणपछि जानकी मन्दिरलाई अहिले पनि ‘नौलखा मन्दिर’ भनेको पाइन्छ । जानकी मन्दिर, मड्वा, तेलहा–मडहा–अरगज्जा पोखरीवरिपरिका संरचना मन्दिरमातहात छन् । यसको कुल क्षेत्रफल करिब छ बिघा हो ।
मिथिला र जनकपुरको वैदिक र सांस्कृतिक इतिहास उत्खनन गर्ने श्रेय प्रख्यात विद्वान् सुरकिशोर दास र चतुर्भुज गिरीलाई जान्छ । मध्य प्रदेशको लोहारगढका सुरकिशोरका गुरुवंश ‘रसिक सम्प्रदाय’ सँग सम्बन्धित थिए; जसले सीताप्रति गहिरो भक्तिको प्रोत्साहन गर्थे । १७ औँ शताब्दीको अन्त्यतिर जनकपुरमा निमको रुखमुनि सीताको मूर्ति पाउने सपना देखेपछि सुरकिशोर जनकपुरको खोजीमा निस्किए ।
मूल मन्दिर करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ । यस अन्तर्गत गर्भगृह, सिसमहल र बाहिरी विशाल प्राङ्गण छ । तीनतले मन्दिर सेतो चम्किलो ढुङ्गा र मार्बलले निर्मित छ । यसमा करिब ६० वटा कोठा छन् । मन्दिरको उचाइ करिब ४० मिटर छ । मन्दिरको पश्चिमउत्तरमा अवस्थित मड्वा करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको छ ।
यहाँ रामायणकालीन झल्को दिने गुरुका प्रतिमाहरू राखिएका छन् । अतिक्रमणमा परिसकेको तेलहा–मड्हा पोखरीलाई करिब एक दशकअघि अतिक्रमणमुक्त बनाइयो । जानकी मन्दिरको उत्तरतर्फका दुवै पोखरीको सौन्दर्यीकरण भने भइसकेको छैन । हिन्दु दर्शनका प्रमुख पाँच शाखा छन् ।
जुन न्याय, वैशेषिक, साङ्ख्य, योग, पूर्व मीमांसा र उत्तर मीमांसा (वेदान्त) हुन् । यीमध्ये पूर्व मीमांसा र उत्तर मीमांसाको मौलिक विकास र प्रारम्भिक स्वरूप जनकपुरधामबाट तयार भएको भनिन्छ । तर सो दाबी पौराणिक–ऐतिहासिक मान्यतामा आधारित छन् । पूर्व मीमांसाले कर्मकाण्डको व्याख्या गर्छ । उत्तर मीमांसा (वेदान्त) मिथिला दर्शन र उपनिषद्सँग सम्बन्धित छ ।
महन्त रामतपेश्वर दासका अनुसार मन्दिर निमार्णको बेला बृषभानु कुँवरले दुई किलो सुन र चार किलो चाँदी चढाएको र सो सुन चाँदी गुठी स्थानले विस. २०१८ सालमा आफ्नो अधिनमा लिएको थियो ।
त्रेतायुगमा अनिकाल परेको बेला राजा जनकले हलो जोत्दा सीताको प्रादुर्भाव भएको जनविश्वास छ । यी प्रसङ्ग हिन्दु धर्मग्रन्थहरूमा सविस्तार उल्लेख भएका छन् । राजा जनकले हलो जोतेको स्थान भारतको सीतामढीमा पर्छ तर राजा जनकको दरबार रहेकै स्थल सीताको पालनपोषण भएकाले जनकपुरधामलाई जानकी नगरी भनेर चिनियो ।
शिव अनुयायी राजा जनकले राज्यको सुरक्षाका लागि दरबारको चारै दिशामा शिवमन्दिर स्थापना गरेका थिए । पूर्वमा कपिलेश्वर, दक्षिणमा भारतको कलाणेश्वर, पश्चिममा जलेश्वरनाथ र उत्तरमा क्षीरेश्वरनाथ महादेव मन्दिर विद्यमान छन् । जनकले भारतको गिरिजास्थानमा कुलदेवीका रूपमा पार्वतीको स्थापना गरेका थिए; जुन अझै गिरिजास्थानकै रूपमा चर्चित छ ।
धनुष यज्ञका क्रममा श्रीरामले उठाएको शिवधनुष तीन टुक्रा भएर भाँचिँदा एउटा धनुषसागर, अर्को धनुषाधाम र तेस्रो माथि आकाशमा गएको बताइन्छ । राम र जानकीको विवाह भएको स्थल जानकी मन्दिरबाट करिब तीन किलोमिटर दक्षिणउत्तरमा मणिमण्डपको नामले परिचित छ ।
अवध–मिथिला सम्बन्ध
पौराणिक मान्यता अनुसार शिवधनुषको रेखदेख गर्ने जिम्मेवारी राजा जनकलाई सुम्पिएको थियो । जनकले नित्य पूजा गर्नुअघि जानकीले शिवधनुष उचालेर लिपपोत गर्थिन् । जानकीको विवाहका लागि राजा जनकको अनौठो सङ्कल्प थियो । शिवधनुष उचालेर प्रत्यञ्चा हाल्न सक्ने व्यक्तिसँग जानकीको विवाह हुने ।
स्वयंवरका क्रममा राखिएको शिवधनुष अयोध्याका राजकुमार श्रीरामले सहजै उचालेपछि राम र जानकीको विवाह भयो । यसरी तत्काल अवधका राजकुमार राम र मिथिलाका राजकुमारी सीताको विवाहले दुई राज्यबिच सम्बन्ध स्थापित भयो ।
प्राचीनकालमा अवध र मिथिलासँगको सम्बन्ध आधुनिक कालमा अयोध्या र जनकपुरधामबिचको सम्बन्धका रूपमा अघि बढेको छ । रामजानकी विवाह महोत्सव सोही सम्बन्धको प्रतीक हो । मङ्सिर शुक्ल पञ्चमीका दिन विवाह महोत्सव भव्यतापूवर्क मनाइन्छ । जानकी मन्दिरको आयोजनामा हुने विवाह महोत्सवमा मैथिली परम्परा अनुसार गरिने साताव्यापी वैवाहिक कार्यक्रमले प्रत्येक वर्ष निरन्तरता पाएको छ । राम जन्मभूमि अयोध्याबाट जानकी भूमि जनकपुरधाममा जन्ती आउँछन् ।
फूलबारी लीला, नगर दर्शन, मटकोर र वैवाहिक कार्यक्रम गरी विवाह महोत्सव मनाइन्छ । भारत र नेपालका हजारौँ भक्तजन विवाह महोत्सवको साक्षी बस्छन् । पौराणिक मान्यतामा आधारित रामजानकी विवाह महोत्सव विद्यमानमा चाहिँ व्यवस्थित बन्न सकेको छैन ।
मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार गिरीले वरको रुखमुनि पञ्च अवतारमा राम, उनका तीन भाइ र सीताको तथा सुरकिशोर दासले ‘कोरस कमलमा श्रीराम’, ‘द्वादशकमलमा जानकी’, ‘अष्टकमलमा लक्ष्मण’ को प्रतिमा फेला पारेका थिए । ती प्रतिमा जानकी मन्दिरको गर्भगृहमा राखिएका छन् ।
यसलाई व्यवस्थित बनाउन स्थानीय, प्रदेश सरकार, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र पर्यटन व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने छ । यी निकायले भने बाहिरबाट आउने आगन्तुकको बसाइ अवधि लम्ब्याउन र सहज बनाउन आआफ्नो भूमिका पहिचान गर्न सकेका छैनन् । होटेलको बसाइ महँगो हुने तथा पर्यटकको चापलाई त्यसले सम्बोधन पनि नगर्नाले व्यवस्थित बसोबास आवश्यक छ । त्यसो हुन नसक्दा एक पटक सहभागी हुने बाह्य र आन्तरिक पर्यटक एवं श्रद्धालु भक्तजनलाई फेरि फेरि आउन प्रेरित गर्दैन ।
विगतमा भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले विवाहपञ्चमीकै अवसर पारेर जनकपुर भ्रमण गर्नुभएको पाइन्छ । भारतीय राजनीतिज्ञ एवं विशिष्ट व्यक्तिको आगमनले जानकी भूमिप्रति भारतको अगाध भक्तिभावलाई दर्शाउँछ । यसले यहाँको पर्यटन विकासमा टेवा पुर्याउन र हिन्दु धर्मावलम्बीको ध्यान आकर्षित गराउन महत्त्वपूर्ण योगदान गर्यो तर निरन्तरता पाउन सकेन ।
जनकपुर खोज्दै सुरकिशोर
मिथिला र जनकपुरको वैदिक र सांस्कृतिक इतिहास उत्खनन गर्ने श्रेय प्रख्यात विद्वान् सुरकिशोर दास र चतुर्भुज गिरीलाई जान्छ । मध्य प्रदेशको लोहारगढका सुरकिशोरका गुरुवंश ‘रसिक सम्प्रदाय’ सँग सम्बन्धित थिए; जसले सीताप्रति गहिरो भक्तिको प्रोत्साहन गर्थे । १७ औँ शताब्दीको अन्त्यतिर जनकपुरमा निमको रुखमुनि सीताको मूर्ति पाउने सपना देखेपछि सुरकिशोर जनकपुरको खोजीमा निस्किए ।
बद्रीनाथबाट दसनामी सम्प्रदायका साधु चतुर्भुज गिरीले स्वप्नसङ्केतका आधारमा वरको रुखमुनि रामको आकृति झल्किने चार प्रतिमा फेला पारे । त्यसबेलाको जनकपुर क्षेत्र जङ्गलमय, निर्जन र उपेक्षित अवस्थामा थियो । मिथिला क्षेत्रको सांस्कृतिक–पौराणिक ज्ञानका आधारमा सुरकिशोरले जनकपुरको पहिचान गरेको पाइन्छ ।
रामायणमा हिमालयको दक्षिण, गङ्गाको उत्तर मिथिलाभूमि रहेको भौगोलिक सङ्केत पाइन्छ । सो सङ्केत र यात्राका व्रmममा स्थानीयसँगको संवाद र गाथामा सीताको विवाहस्थल र सप्तर्षिहरूको तपोभूमि रहेको भनाइका आधारमा सुरकिशोरले यस भूगोलखण्डमा निमको रुखमुनि ध्यान थाले र सुरकिशोरले भुइँभित्र गाडिएको अवस्थामा जानकीको मूर्ति उत्खनन गरी एउटा सानो कुटी निर्माण गरे ।
किंवदन्ती अनुसार दासले लोहारगढमा छोडेर आएको जानकीको प्रतिमा जनकपुरधाममा फेला पारे । रामजानकी र लक्ष्मणको सोही प्रतिमा जानकी मन्दिरमा स्थापना गरिएको बताइन्छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार सुरकिशोर दासले दुई जोडी प्रतिमा फेला पारेका थिए । त्यसमध्ये एउटामा राम, सीता र लक्ष्मण तथा अर्कोमा भरत, शत्रुध्न र माण्डवी छन् । दुवै प्रतिमा अष्टधातुबाट निर्मित छन् ।
गन्तव्य पहिचान, प्रवर्धन गर्ने निकाय, व्यवसाय गर्ने निजी क्षेत्र र लगानीको समन्वय भएपछि पर्यटनको तस्बिर आउँछ । जनकपुरधाम र जानकी मन्दिरको पर्यटन प्रवर्धनको सवालमा चार वटै क्षेत्रको संयोजन र समन्वय पछिल्ला दिनमा सुरु भएको छ । जनकपुरधामलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न भारत प्रमुख बजार हो । भारतको बिहार राज्यसँग जोडिएको जनकपुरधामसम्म पुग्न रेलमार्ग र राजमार्ग दुरुस्त छन् ।
मन्दिरका महन्त रामतपेश्वर दासका अनुसार गिरीले वरको रुखमुनि पञ्च अवतारमा राम, उनका तीन भाइ र सीताको तथा सुरकिशोर दासले ‘कोरस कमलमा श्रीराम’, ‘द्वादशकमलमा जानकी’, ‘अष्टकमलमा लक्ष्मण’ को प्रतिमा फेला पारेका थिए । ती प्रतिमा जानकी मन्दिरको गर्भगृहमा राखिएका छन् ।
प्रतिमा फेला परेको खबर फैलिएपछि इसं १७२७ मा मकवानपुरका राजा मणिक सेनले सुरकिशोरलाई कानुनी रूपमा मन्दिरको महन्त पदमा नियुक्त गरेका थिए । मन्त्रणा–दानपत्रका आधारमा समेत सुरकिशोर दास (१६५०–१७३०) १७ औँ शताब्दीको मध्यतिरै जनकपुर आएको पुष्टि गर्छ । उनले १६५७ मा अष्टधातु मूर्ति फेला पारेको बताइन्छ ।
राजा मणिक सेनले पछि उनलाई मन्दिरको महन्त नियुक्त गरी सेवा–पूजाका लागि भूदान दिएको पाइन्छ । मणिक सेनले राममन्दिरका लागि ९५० बिघा र जानकी मन्दिरका लागि पाँच सय बिघा जग्गा दान दिएका थिए । त्यसमध्ये ५० बिघा लक्ष्मण मन्दिरका लागि र १४० बिघा जानकी मन्दिरका लागि तथा बाँकी जग्गा मणिमण्डपका लागि छुट्याइयो ।
सुरकिशोरले यसरी रामायण र पौराणिक गाथामा आधारित प्राचीन मिथिला र जनकपुरधामलाई आधुनिक कालखण्डमा जानकीको जन्मभूमिका रूपमा स्थापित गराएको पाइन्छ । मानवशास्त्री रिचर्ड बरघर्टले आफ्नो किताब ‘दी रिअपिअरेन्स एन्ड डिसअपिअरेन्स अफ जनकपुरधाम’ मा राजा मणिक सेनकै संरक्षणमा आधुनिक जनकपुरधामको जग बसालेको उल्लेख गरेका छन् ।
थाई राजपरिवारको चासो
प्राचीनकालको अवध र मिथिलाबिचको सम्बन्ध हालको जनकपुरधाम र अयोध्यासम्म मात्रै सीमित छैन । कुनै बेला थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजले आफू राजा जनकको सन्तति रहेको र मिथिलासँग विशेष सम्बन्ध रहेको चर्चा गरेका थिए । भूमिबोलले इसं १९९६ मा ‘द स्टोरी अफ महाजनक’ पुस्तक प्रकाशन गरेका थिए । पाली क्याननमा वर्णित महाजनकको कथामा आधारित यो पुस्तकमा जनक वंशको जीवन र शिक्षाको प्रभाव उल्लेख छ ।
पुस्तकमा राजा भूमिबोलले महाजनकको कथा प्रस्तुत गर्दा मिथिला र जनकपुरको सांस्कृतिक, ऐतिहासिक महत्वलाई सम्मान गर्दै आधुनिक थाई समाजमा यसको उपयोगिता र प्रासङ्गिकता प्रस्तुत गरिएको छ । ऐतिहासिक र सांस्कृतिक सहर तथा क्षेत्रलाई विश्वमा पहिचान गराएर क्षेत्रविशेषको उन्नयनमा संयुक्त राष्ट्रसङ्घको विश्व सम्पदा सूचीमा सूचीकरण हुनुले विशेष महत्व राख्छ ।
जानकी मन्दिरको संरचना करिब ११६ वर्ष पुरानो छ । एक सय वर्ष पुरानो सार्वजनिक संरचना विश्व सम्पदा सूचीमा सूचीकृत हुन योग्य मानिन्छ । विश्व सम्पदाको सम्भावित सूचीमा सन् २००८ मै जानकी मन्दिर पर्यो तर आवश्यक मापदण्ड पूरा गर्न स्थानीय सरकारले निरन्तर चासो नदेखाउँदा सूचीकृत हुन सकेको छैन ।
पुरातत्व विभागले समेत यसबारे पहलकदमी लिएको देखिन्न । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार सम्पदा सूचीमा सूचीकृत हुनेबित्तिकै पर्यटन प्रवर्धन अर्को चरणमा पुग्ने छ । हाल जानकी मन्दिर दर्शन गर्न आउनेमा नेपाल र भारतका दर्शालु भक्तजन बढी छन् । जानकी मन्दिर सम्पदा सूचीमा सूचीकृत हुनेबित्तिकै तेस्रो राष्ट्रका पर्यटक स्वतः आकर्षित हुने छन् । त्यसको सम्भावना भने तत्काल देखिन्न ।
‘वेडिङ डेस्टिनेसन’
मिथिला क्षेत्र जीवित सङ्ग्रहालय हो । जनकपुरधाममा मैथिली विकास कोषले मिथिला कला, संस्कृतिलाई संरक्षण र प्रोत्साहन गर्न सङ्ग्रहालय, चित्रकला ग्यालरी, पुस्तकालयसहितको पूर्वाधार तयार गरेको छ । यसले पर्यटकलाई मिथिलाबारे अध्ययन र अनुसन्धानमा सहयोग पुग्ने छ । मधेश प्रदेश सरकारले जनकपुरधामस्थित जानकी मन्दिरलाई लक्ष्य गरी पूर्वाधार विकासको काम गर्दै आए पनि परिणाम भने उल्टो देखिएको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रममार्फत जनकपुरधामलाई धार्मिक पर्यटनका रूपमा विकास गर्ने घोषणा गर्यो । सो घोषणाबमोजिम जनकपुरधामलाई विवाह गन्तव्य ‘वेडिङ डेस्टिनेसन’ बनाउने कार्यक्रम अघि सार्यो । नेपाल पर्यटन बोर्डले हाल उक्त कार्यक्रम कार्यान्वयन गर्न विविध गतिविधि सञ्चालन गर्दै आएको छ ।
जनकपुरधाममा रामजानकी विवाह महोत्सव र अन्य दिनमा आगन्तुकले विवाह गर्न सकिने योजना छ । यसलाई मूर्तरूप दिन यसै वर्ष नेपालका लागि बेलायतका राजदूत रब फेन्नले विवाहको आफ्नो २२ औँ वार्षिकोत्सवको अवसर पारेर जनकपुरधामस्थित जानकी मन्दिर पुगेर मैथिल पहिरनमा सजिएर वर्षगाँठ मनाउनुभएको थियो ।बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार मधेश पर्यटन मार्ट कार्यव्रmममार्फत सरकार जनकपुरधामलाई ‘वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्न प्रयासरत छ ।
भारतका पर्यटन व्यवसायी र पत्रकारलाई जनकपुर दर्शन गराउने कार्यक्रम सञ्चालन भएका छन् । जानकी मन्दिरले वर्षमा चार वटा कार्यक्रम भव्यतापूर्वक गर्दै आएको छ । मङ्सिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव, चैत शुक्ल नवमीका दिन राम जन्मोत्सव, वैशाख शुक्ल नवमीका दिन जानकी जन्मोत्सव र साउनमा ‘झुलनोत्सव’ कार्यक्रम हुँदै आएका छन् ।
‘झुलनोत्सव- १५ दिनसम्म मनाइन्छ । यसमा मन्दिरभित्र राम र सीता, भरत र उर्मिला, लक्ष्मण र माण्डवी तथा शत्रुध्न र श्रुतिकीर्तिको प्रतिमालाई सन्ध्याप्रहर मैथिली गीतसङ्गीत तथा भजनकीर्तन गरिन्छ; जुन दृश्य अत्यन्तै मनोरम र आकर्षक हुन्छ ।
गन्तव्य पहिचान, प्रवर्धन गर्ने निकाय, व्यवसाय गर्ने निजी क्षेत्र र लगानीको समन्वय भएपछि पर्यटनको तस्बिर आउँछ । जनकपुरधाम र जानकी मन्दिरको पर्यटन प्रवर्धनको सवालमा चार वटै क्षेत्रको संयोजन र समन्वय पछिल्ला दिनमा सुरु भएको छ । जनकपुरधामलाई पर्यटकीय नगरीका रूपमा विकास गर्न भारत प्रमुख बजार हो । भारतको बिहार राज्यसँग जोडिएको जनकपुरधामसम्म पुग्न रेलमार्ग र राजमार्ग दुरुस्त छन् ।
रेलमार्गलाई भारतको विभिन्न सहरसम्म प्रत्यक्ष जोड्ने कार्य भएको छैन । जनकपुरधामबाट भारतको अयोध्या, बनारसलगायतका प्रमुख सहरसम्म रेल सञ्चालन गर्न सकिने सम्भावना छ । ‘रामायण सर्किट’ को अवधारणा बनेको छ तर कार्यान्वयन भएको छैन । यस अन्तर्गत त्रेतायुगमा रामले भ्रमण गरेको स्थानलाई एउटै परिपथमा अटाउने योजना छ ।
नेपालको प्रमुख पर्यटकीय सहर पोखरालाई जनकपुरधामसँग जोडने प्रयासहरू भएका छन् । यसलाई अझै बढी प्रभावकारी बनाउन जरुरी छ । जनकपुरधाम र पोखरालाई हवाईमार्गसँग जोडे जनकपुरधाम आउने भारतीय पर्यटक पोखरासम्म पुग्ने र पोखरा भ्रमण गर्न आउने भारतसहित तेस्रो राष्ट्रका पर्यटक जनकपुरधामसम्म पुग्थे ।
जनकपुरधाममा पर्यटकको बसाइ लम्ब्याउन निजी क्षेत्रबाट केही कदम चालिएका छन् । गङ्गासागरमा साँझ गङ्गा आरती हुने, धनुषाधाम मन्दिर भ्रमण, मिथिला सांस्कृतिक ग्रामको बसाइ, सप्तरीमा भारदहस्थित कङ्कालिनी मन्दिर र राजविराज नजिकैको सखडा भगवती दर्शन, बारामा अवस्थित सिम्रौनगढ दरबार र पञ्चवर्षीय गढीमाई मेला भ्रमण, पर्सा निकुञ्जमा जङ्गल सफारीलगायतका कार्यव्रmमको संयोजनले यस क्षेत्रको पर्यटन प्रवर्धनको सम्भावनालाई यथार्थमा परिणत गर्न सकिने छ ।
खाँचो प्रतिबद्धताको
जानकी मन्दिरको प्रचारप्रसार हुँदै आएका छन् । जनकपुरधामको ११ औँ शताब्दीभन्दा पुरानो स्पष्ट पुरातात्विक संरचना, लेख वा वस्तु फेला परेको छैन । अधिकांश अध्ययन कर्णाट वंशको उदयसँगै ११ औँ शताब्दीबाट सुरु हुन्छ । ती मिथकलाई प्रामाणिक बनाउन पुरात त्विक अनुसन्धानको खाँचो देखाउँछ ।
मिथिला क्षेत्र जीवित सङ्ग्रहालय हो । जनकपुरधाममा मैथिली विकास कोषले मिथिला कला, संस्कृतिलाई संरक्षण र प्रोत्साहन गर्न सङ्ग्रहालय, चित्रकला ग्यालरी, पुस्तकालयसहितको पूर्वाधार तयार गरेको छ । यसले पर्यटकलाई मिथिलाबारे अध्ययन र अनुसन्धानमा सहयोग पुग्ने छ । मधेश प्रदेश सरकारले जनकपुरधामस्थित जानकी मन्दिरलाई लक्ष्य गरी पूर्वाधार विकासको काम गर्दै आए पनि परिणाम भने उल्टो देखिएको छ ।
मन्दिर प्राङ्गणमा रहेको दसकौँ पुरानो संरचना हटाएर आधुनिकीकरणका नाममा ‘ग्रेनाइट’ लगाउने काम भएको छ । कमसल प्रकृतिको त्यस्तो संरचना लगाएको वर्ष दिन नबित्दै भत्किएको छ । यसलाई करिब ११५ वर्ष पुरानो पुरातात्विक महत्वको संरचनाप्रतिको खेलवाडका रूपमा लिन सकिन्छ । प्रदेश सरकारले बर्सैपिच्छे जानकी मन्दिरसँग सम्बन्धित धार्मिक पर्यटन प्रवर्धनका लागि नीति तथा कार्यव्रmम ल्याउँछ तर कार्यान्वयन फितलो छ ।
प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले यस वर्ष जानकी मन्दिरकेन्द्रित पर्यटन प्रवर्धन गर्न कार्यक्रम घोषणा गरेको छ । मधेश प्रदेश सरकारले आव २०८२-८३ मा पर्यटन प्रवर्धनका लागि उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन गरेको पाइन्छ ।
पौराणिक र मिथकीय दाबीबमोजिम जनकपुरधाम
जानकी मन्दिरको प्रचारप्रसार हुँदै आएका छन् । जनकपुरधामको ११ औँ शताब्दीभन्दा पुरानो स्पष्ट पुरातात्विक संरचना, लेख वा वस्तु फेला परेको छैन । अधिकांश अध्ययन कर्णाट वंशको उदयसँगै ११ औँ शताब्दीबाट सुरु हुन्छ । ती मिथकलाई प्रामाणिक बनाउन पुरात त्विक अनुसन्धानको खाँचो देखाउँछ । इश्वरचन्द्र झा\ गोरखापत्र दैनिकबाट ।