• शुक्रबार, १४ बैशाख, २०८१
  • ०८:४९:०६

लिटरमै १६ रुपैयाँले बढ्यो दुधको मूल्य

  • Netizen Nepal
  • बिहीबार, २ चैत, २०७९- ११:४०:००/ Thursday 03-16-23

नेटिजन संवाददता 
काठमाडौँ, २ चैत । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको हो ।

डीडीसीका महाप्रबन्धक सञ्जीव झाले आजदेखि बजारमा नयाँ मूल्यअंकित प्याकेट दूध बजारमा पठाइएको जानकारी दिनुभयो ।महाप्रवन्धक झाले सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र बिहीबारदेखि त्यो मूल्य उपभोक्तालाई पर्ने जानकारी दिनुभयो । दूधको मूल्य १६ रूपैयाँसम्म बढेको छ । 

संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ ।

त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ ।