• आइतबार, २२ असार, २०८२
  • ०५:०६:४०

बाल विवाह रोक्नेलाई पुरस्कार

  • Netizen Nepal
  • बुधबार, १० जेठ, २०८०- १४:२०:००/ Wednesday 05-24-23

नेटिजन संवाददाता

 काठमाडौँ१० जेठ   छोरी शिक्षालाई बल पु¥याउन बालविवाह रोक्न मटिहानी नगरपालिकाले विशेष कार्यक्रम सुरु गरेको विद्यालय क्याम्पसमा पढ्ने छोरीको सङ्ख्या बढाउन छोरीको बालविवाह रोक्न विशेष कार्यक्रम सुरु गरिएको नगर कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले जनाएको   

विद्यालय भर्ना कक्षा बढ्दै जाँदा छोरी घट्दै जाने तथा २० वर्ष नपुग्दै किशोरावस्थामै विवाह हुने पाइएपछि यो अवस्था सुधार्न विशेष कार्यक्रम ल्याइएको शाखाप्रमुख दीपा दासको भनाइ   

“छोरी शिक्षालाई बल दिनेगरी यसअघि पनि कक्षा देखि १२ सम्मका छात्रालाई साइकल, शैक्षिक सामग्री पोसाक दिइँदै आइएको हो”, शाखाप्रमुख दास भन्नुहुन्छ, “अब परिवार, समाजका अङ्ग धार्मिक व्यक्तित्वलाई पनि यस अभियानमा सरिक गराइँदैछ ।”    

नयाँ कार्यक्रमअन्तर्गत छोरी पढाउन क्याम्पस पठाउने अभिभावकलाई सम्मान गर्ने, बस्तीबस्तीमा बाबुआमा छोरीहरुबीच पढाइ तथा विवाहका कुरामा अन्तरक्रिया गराउने, बालविवाह निस्तेज गर्न धार्मिक परम्पराका पण्डित, पुरोहित, मोल्वी अभिभावकबीच छलफल गराउने तथा २० वर्ष मुनिको विवाह धार्मिक दृष्टिले पनि उचित नरहेको सन्देश प्रसारित गर्ने रहेका छन्     

यसैगरी, उमेर पुगेर (२० वर्ष नघाएर) छोरीको विवाह गर्ने अभिभावकलाई सामाजिक सम्मानका कार्यक्रम राखिएको शाखाप्रमुख दासले बताउनुभयो नगरका धेरैजसो बस्ती भारतसँग जोडिएका हुँदा भारततर्फका पण्डित, पुरोहित, मोल्वी उताका सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलाई पनि कार्यक्रममा सरिक गराइने जनाइएको यता नेपाल÷भारतका बस्तीमा बाक्लै बिहेवारी सम्बन्ध हुँदै आएका छन्     

 धानुक, केवट, यादव सहितका जनजाति, खत्वे, चमार लगायतका दलित सघन मुस्लिम बसोबासको नगर क्षेत्रमा सामाजिक तथा शैक्षिक चेतनाको कमीले छोरी शिक्षा उमेर पुगेर विवाह गर्ने पक्ष अत्यन्त कमजोर बनेको शाखाको ठम्याइ     

 “हामीले पछिल्ला दुई वर्षको पारिवारिक सर्वे गर्दा २० वर्ष मुनिमै छोरी विवाहका आठ सय घटना पायौँ”, दासले भन्नुभयो, “यो कहालिलाग्दो अवस्था चिर्न नगरका जनप्रतिनिधि बीचको सम्मतिबाट जनजनले देख्ने, बुझ्ने गरी सचेतनामूलक कार्यक्रम सुरु गर्न लागिएका हुन् ।” छोराछोरीको वैवाहिक अवस्था हेरिँदा बालविवाह गरिएका छोरी निकै बढी पाइएका दासको भनाइ     

उहाँका अनुसार बहुविवाहका घटना त्यति बढी नदेखिए पनि अनमेल विवाह (केटीको भन्दा निकै बढी उमेर भएका केटा) र छोरी बालविवाहका घटना भने निकै देखिएका छन् शाखाले छोरी शिक्षालाई उत्प्रेरित गर्ने बालविवाह निरुत्साहित गर्नेगरी सुरु गर्न लागेका कार्यक्रम नगर कार्यपालिकाको निर्णयानुसार भएको हुँदा यसमा आपूmसहित सबै जनप्रतिनिधिको सक्रिय सहभागिता रहने नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छोरी शिक्षालाई बल पु¥याउन बालविवाह निरुत्साहित गर्न थप प्रभावकारी कार्यक्रम पनि बनाइने नगरप्रमुख मण्डलले बताउनुभयो । रासस