• शनिबार, ८ बैशाख, २०८१
  • ०४:२९:३९

एक हुक्काको असर २०० खिल्ली चुरोट बराबर 

  • Netizen Nepal
  • बिहीबार, ११ जेठ, २०८०- १२:५१:००/ Thursday 05-25-23

नेटिजन संवाददाता 
काठमाडौं,११  जेठ । पछिल्लो समयमा शहरी युवा पुस्तामा हुक्क सेवन गर्ने अभ्यास बढेको छ । चुरोटभन्दा हुक्का कम हानिकारक हुन्छ  भन्ने भ्रममा युवाहरु देखिन्छन् । तर चुरोटभन्दा पनि हानिकारक हुक्का  हुने चिकित्सकहरुको भनाइ छ । भारतमा विद्युतीय सिगरेट तथा भेपमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि त्यो नीति लागु गर्नुपर्छ भन्ने आवाज उठेको छ । कागजमा बेरेको सुर्तीमा आगो बालेर धुँवा तान्ने परम्परागत चुरोटभन्दा फरक ब्याट्रीको सहायताले एउटा सानो उपकरणमा राखिएको सम्मिश्रणबाट निकोटिनयुक्त धुवाँ तान्नुलाई भेपिङ भनिन्छ ।

धूमपानको विकल्पका रूपमा अघि सारिएको भए पनि त्यसले कुनै न कुनै रूपमा स्वास्थ्यमा असर पार्ने विज्ञहरूको भनाइ छ।  चिकित्सकहरुले समेत यस्ता हानिकारक वस्तुमा प्रतिबन्ध लगाउँनु पर्ने सुझाव दिएका छन् । 
छाति रोग विशेषज्ञ डा. राजु पंगेनी चुरोटभन्दा हुक्क कम हानिकारक हुन्छ भन्ने कुरा गलत भएको बताउँछन् । हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको (सिसा) प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ हामिले तानिरहेका हुन्छौँ । त्यसको अर्थ के भने एकपटक हामिले   हुक्काको सेवन  गर्दा त्यसको असर २०० सखल्ली चुरोट ताने बराबर हुने डा. पंगेनीको भनाइ छ । 


हुक्का तान्दा हाम्रो शरीरमा के हुन्छ ?
हुक्का तान्दा जति ग्यासहरु र रसायनहरु निस्किन्छन् ती हाम्रो श्वास नली हुदैँ फोक्सोको भित्री भागसम्म पुग्छन् । त्यसले गर्दा हामीलाई दम बढ्ने खोकी लाग्ने खकार आइराख्ने निमोनियाको जोखिम बढ्ने र पछि गएर फोक्सोको क्यान्सर पनि हुनसक्छ । 
डा. पंगेनीका अनुसार विभिन्न अध्ययनहरुले ८० भन्दा बढी हानिकारक ग्यासहरु र केमिकलहरु ह्ुक्काको धुवाँबाट निस्कन्छ भनेर देखाएको छ । चारकोल (कोश्ला) जलाउँदा त्यसबाट कार्बन मोनो अक्साइड र अरु विभिन्न ग्यासहरु निस्कन्छन् । र एकदम साना साना मिहिन खालका कणहरु र कतिपय ग्यासहरु रगतमा पुग्छ । यो रक्त्त सञ्चा र प्रणालीमा पुग्ने बित्तिकै शरीरको विभिन्न अङ्गहरुमा जान्छ र समस्या आउँछ,मूत्र थैलीमा क्यान्सर गराउने हुन्छ ।

कतिपयले चाहिँ हाम्रो दिमागमा गएर न्यूरोलोजिक (स्नायू)प्रणालीमा समेत असर गर्न सक्ने हुन्छ । अझ यसले पार्ने सेकेन्ड ह्यान्ड  धुमपानको असर अर्थात् सगैँ बस्ने जसले हुक्काको प्रयोग गर्दैन उनीहरुलाई पनि असर गरिरहेको हुन्छ । निकोटिन बाहेक यसबाट निस्कने  अन्य ग्यास र रसाएनले गर्दा पनि उनिहरुको स्वास्थ्यमा असर गरिरहेको छ ।
चुरोट भन्दा हुक्का सेवन ग¥यो भने स्वस्थ भइन्छ र चुरोट भन्दा कम हानिकारक छ भनेर जुन भन्ने गरेको सुनिन्छ त्यो चाहिँ मिथ्या हो । त्यसमा कुनै सत्यता छैन । बिबिसी