• बुधबार, ५ बैशाख, २०८१
  • ०५:०८:१६

'नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन'

  • Netizen Nepal
  • शुक्रबार, १९ जेठ, २०८०- १६:३०:००/ Friday 06-02-23

    
 काठमाडौँ, १९ जेठ । चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको     

 बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार यहाँ आयोजित एक कार्यक्रममा बोर्डले पठाएको माग ओझेलमा परेको बताउनुभयो । “बोर्डले विज्ञ सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको तर बजेट विनियोजन भएन”, उहाँले भन्नुभयो चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने सकारात्मक रहेता पनि विदेशी चलचित्र आयात गर्नेमा पाँच प्रतिशत कर लगाउनुपर्नेमा एक प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति आफू पनि सन्तुष्ट नरहेको बताउनुभयो   

 उहाँले भन्नुभयो,“ एउटा स्टुडियो पनि नभएको अवस्थामा दुईवटा स्टुडियो बन्ने कुराले हर्षित छौँ चलचित्रसम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ ।”