• शनिबार, १२ श्रावण, २०८१
  • ०९:५७:५९

कागबेनी क्षेत्रमा १ अर्ब बढीको क्षति

  • Netizen Nepal
  • मंगलबार, १९ भदौ, २०८०- १५:४२:००/ Tuesday 09-05-23

नेटिजन संवाददाता 
काठमाडौँ, १९ भदौ । 
गत साउन २८ गते कागखोलामा आएको बमढीबाट मुुस्ताङको कागबेनी क्षेत्रमा १ अर्ब बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

भदौ १९ गते क्षतिको जानकारी लिन र पुर्ननिर्माणको बारेमा छलफल गर्न प्रभावित क्षेत्रमा पुग्नुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलका क्रममा उक्त कुरा बताइएको हो ।

सो बाढीबाट  नगद सामान र भौतिक संरचनाको क्षति मात्र रु. ८१ करोड ८३ लाख बराबरको भएको बताइएको छ ।

सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर धर्मशाला, सामुदायिक भवन, प्रहरीचौकीको भवन, तटबन्धनलगायत भौतिक पूर्वाधारतर्फ रु. २१ करोड दुई लाख बराबरको क्षति पुगेको तथ्याङ्क छ । स्थानीयका ५० घरमा रु. ५२ करोडभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । बाढीबाट २९ घरमा पूर्ण क्षति तथा १५ घरमा आंशिक क्षति पुगेको थियो भने बाढीले बगाउँदा २४ पशुचौपाया मरेका थिए ।

यसै बिच प्रभावित क्षेत्र वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको  स्थलगत निरिक्षण गर्न पुगेका  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कागबेनीको पुनह निर्माणलाई सरकारले प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।फोटो रासस।