दिवङ्गत नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि हुँदै
- Netizen Nepal
- बिहीबार, २८ भदौ, २०८०- १०:४३:००/ Thursday 09-14-23

नेटिजन सम्बाददाता
काठमाडौं, २८ भदौ । संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहिबार हुँदै छ ।बिहिबार बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उहाँको पार्थिव शरीरको अन्त्येष्टि गरिने भएको हो ।
सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उहाँको सोमवार राति हृदयाघातका कारण निधन भएको थियो ।