• शनिबार, १२ श्रावण, २०८१
  • १०:०३:५४

प्राविधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु

  • Netizen Nepal
  • शुक्रबार, २९ भदौ, २०८०- १३:४२:००/ Friday 09-15-23

नेटिजन सम्बाददाता
काठमाडौं,२९ भदौ । प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु भएको छ । काठमाडौं विश्वविद्यलायले संचालन गरेको लेलाम परियोजना तथा Swiss National Science Foundation, Swiss Programme for Research on Global Issues for Development and Swiss Agency for Development and Cooperation (SDC) ले आयोजना गरेको उक्त सम्मेलन शुक्रवार र शनिवार २ दिनसम्म चल्नेछ । विश्वका १३ वटा मुलुकका विज्ञ तथा अनुसन्धानकार्ताहरुको सहभागिता रहेको उक्त सम्मेलनमा ८५ वटा कार्यपत्रहरु प्रस्तुत हुने आयोजकले जानकारी दिएका छन् । यी कार्यपत्रहरु प्राविधिक तथा व्यवसायिक सिप र तालिम सम्बन्धी विभिन्न पाँचवटा समूह अन्तर्गत प्रस्तुत हुनेछन् । 


शिक्षा र रोजगारी पद्धतिलाई एकआपसमा जोड्ने, नेपालमा प्राविधिक तथा व्यवसायिक सिप र तालिम सम्बन्धी भएका अभ्यास र अवस्थाको बुझाइ प्रस्तुत गर्ने र यस सम्बन्धी भएगरेका अनुसन्धानबाट प्राप्त ज्ञान आदानप्रदान गर्ने उदेश्यले यो सम्मेलन आयोजना गरिएको काठमाडौं विश्वविद्यालयका डिन प्रा.डा.बालचन्द्र लुइटेलले बताउनुभयो । सम्मेलनमा नोपल लगायत भारत,स्वीजरल्याण्ड,श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका, बेनिन,रोमानिया, अष्ट्रेलिया, चिली, कोष्टारिका, जर्मनी र नामेबियाका १ सया ३५ जनाको सहभागिता रहेको छ । 

विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् , CESON र युनेस्को समेत साझेदार रहेको यो सम्मलेनले प्राविधिक तथा व्यवसायिक  शिक्षा  र तालिमको विकासका लागि सिकाइ आदान प्रदान गर्ने तथा सामूहिक पहलका लागि समेत सहयोग पुग्ने काठमाडौं विश्वविद्यालय, शिक्षा संकायका प्राध्यापक डा. महेशनाथ पराजुलीले बताउनुभयो ।  
काठमाडौं विश्वविद्यालयले यस्तै किसिमको अन्तर्राष्ट्रिय सम्मेलन सन् २०१९ मा पनि गरेको थियो ।  

प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा शुरु भएको छ । काठमाडौं विश्वविद्यलायले आयोजना गरेको उक्त सम्मेलन शुक्रवार र शनिवार २ दिनसम्म चल्नेछ । काठमाडौं विश्वविद्यलायको शिक्षा संकायले आयोजना गरेको उक्त सम्मेलनमा विश्वका १३ वटा मुलुकका विज्ञ तथा अनुसन्धानकार्ताहरुको उपस्थिति रहेको छ ।