• शनिबार, ६ पौष, २०८१
  • ०८:५०:०९

पहाडी जिल्लामा चामल पठाइँदै

  • Netizen Nepal
  • बिहीबार, ४ असोज, २०८०- १३:०७:००/ Thursday 09-21-23

नेटिजन सम्बाददाता


काठमाडौं,४ असोज। सुदूरपश्चिमका ७ पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र बिक्री केन्द्रका लागि चालु आर्थिक वर्षको सुरुको कोटा ४० हजार क्विन्टल चामल रहे पनि चालु आव सुरु भएको २ महिना बितिसक्दा पनि चामल ढुवानीको ठेक्का प्रक्रिया सकिएको छैन । 

 “अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी ७ पहाडी जिल्लाका विभिन्न स्थानमा ३६-३७ बिक्री केन्द्र सञ्चालनमा छन्”, प्रमुख बस्नेतले भन्नुभयो, “पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।”

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीका प्रमुख इन्जिला बस्नेतले चामल पठाउनका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको जनाउँदै हाल पछि स्वीकृत हुने र भाडा दिनेगरी आवश्यक जिल्लामा चामल पठाउने काम जारी रहेको बताउनुभयो ।

कैलाली र कञ्चनपुरमा धान खरिद गरी पहाडी जिल्लामा चामल पठाउने गरिएको सुदूरपश्चिममा कर्मचारी अभावकै कारण डिपो हटाएर बिक्री केन्द्र सञ्चालन गरिएको छ । “अहिले दार्चुलाको खण्डेश्वरी र बाजुराको कोल्टीमा डिपो र बाँकी ७ पहाडी जिल्लाका विभिन्न स्थानमा ३६-३७ बिक्री केन्द्र सञ्चालनमा छन्”, प्रमुख बस्नेतले भन्नुभयो, “पहिले सबै ठाउँमा डिपो थिए अहिले कर्मचारी अभावले बिक्री केन्द्रमा परिणत गर्नुपर्ने अवस्था आयो ।”

उहाँले केन्द्रले १ सय ६ जना नयाँ कर्मचारी पदपूर्ति गरिसकेको जानकारी दिँदै चाँडै पुनः डिपो ९ सञ्चालनमा आउनेमा आशावादी रहेको बताउनुभयो । सुदूरपश्चिममा सबैभन्दा बढी बाजुरामा गत आर्थिक वर्षमा १७ हजार क्विन्टल चामल बिक्री भएको थियो । चालु आवका लागि १२ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।     

“अहिले बाजुराको कोल्टी डिपोमा ५ सय क्विन्टल चामल मौज्दात छ”, बस्नतेले भन्नुभयो, “बाजुरामा एउटा बिक्री केन्द्र र एउटा शाखा कार्यालयसमेत सञ्चालित छ ।” त्यसैगरी दार्चुलाको खण्डेश्वरी डिपोमा भने चामल अभाव देखिएको छ । त्यहाँ १ सय क्विन्टल मात्रै चामल मौज्दात रहेको छ । 

 बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टल चामल खपत भएको थियो । “धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ”, उहाँले भन्नुभयो, “वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।”

 

खण्डेश्वरी डिपोबाट वार्षिक २ देखि ४ हजार क्विन्टलसम्म चामल खपत हुन्छ । चालु आवमा खडेश्वरीका लागि १ हजार क्विन्टल कोटा निर्धारण गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार ११ बिक्री केन्द्रसमेत रहेको दार्चुलाका लागि ११ हजार ५ क्विन्टल चामल निर्धारण गरिएको छ । 

“आवश्यकताअनुसार चामल थप हुन्छ”, बस्नेतले भन्नुभयो, “आगामी चाडपर्वहरूका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा सुपथ मूल्य पसलसमेत सञ्चालन गर्ने तयारी छ ।” उहाँले चाडपर्वमा सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्यान्न अभाव नहुने बताउनुभयो ।

बैतडी र डोटीबाहेक सबै जिल्लामा खाद्यका शाखा कार्यालय छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा गत आर्थिक वर्षमा ४४ हजार क्विन्टल चामल खपत भएको थियो । “धान खरिद कैलाली र कञ्चनपुरबाट हुन्छ”, उहाँले भन्नुभयो, “वार्षिक ३० देखि ५० हजार क्विन्टल चामल आवश्यक पर्छ ।”

पछि स्वीकृत गराउने गरी अहिले बाजुरा, डडेलधुरा, बझाङ, अछाम र दार्चुलालगायतका जिल्लामा गरी १५ हजार क्विन्टल चामल निर्यात भइसकेको उहाँले जानकारी दिनुभयो।रासस।